
काठमाडौँ,बैशाख ९ गते
बहुप्रकोपीय जोखिम आंकलन , पूर्वसूचना प्रणाली तथा पूर्वकार्य सम्बन्धी कार्यदलको बैठक सम्पन्न भएको छ। बैठकमा प्रस्तुतीकरण भएका पाँचवटा विषयवस्तुको कार्ययोजना पारित गर्दै त्यसको सफल कार्यान्वयनका लागि आवश्यक कार्य अगाडि बढाउने बैठकले निर्णय गरेको छ।
यसअघि बहुप्रकोपीय जोखिम आँकलन, पूर्वसूचना प्रणाली तथा पूर्वकार्य सम्बन्धी फरक फरक कार्यदल भएकोमा एउटै कार्यदल बनेपछिको यो पहिलो बैठक हो।
बैठकमा प्रस्तुत गरिएका पाँचवटा विषयवस्तुहरुमा पूर्वानुमानमा आधारित पूर्वकार्यको कार्यढाँचा र मार्गचित्र, केन्द्रीय आपतकालीन प्रतिकार्य कोष (CERF), तातो हावाको लहरसम्बन्धी पूर्वकार्य, सबैका लागि पूर्वसूचना प्रणालीको पहल (EW4ALL) र हिन्दू कुश हिमालय क्षेत्रमा अनुकूलन र उत्थानशीलता निर्माण छन्।
कार्यदलका संयोजक एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव (प्रा.) अर्जुन कुमार बमको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालय, विभाग, कार्यालयका प्रतिनिधि सदस्यहरुका अतिरिक्त मानवीय संस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

