
भरतपुर, बैसाख १४ गते
सुत्केरी आमाहरुको लागि भरतपुर महानगरले ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु गरेको छ । आईतबार भरतपुर वडा नम्बर १७ स्थित गुञ्जनगर स्वास्थ्य चौकीबाट महानगर प्रमुख रेनु दाहालले पौष्टिक आहारसहितको झोला वितरण गरी कार्यक्रम सुरु गर्नुभएको हो । कार्यक्रममा सुत्केरी २२ जना आमाहरुलाई पोषण झोला प्रदान गरिएको थियो ।स्रोत :रेनु दाहाल सचिवालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

