May be an image of ‎7 people, newsroom and ‎text that says '‎( ম.মসস त्रनप रष्टि विवर चोखिम नुनমग व्यवकाषापन प्राधिकवग मनसुन पूर्वतयारी यारी सम्बन्धी छलफल तथा अन्तरक्रिया पमगलनार हभारल, सिंहदःचार PeDr ه 가부원 ዘነዊ ዝት وا あガ七十がい +華 መ‎'‎‎
काठमाडौँ ,जेठ ६ गते
माननीय गृहमन्त्री रमेश लेखकले यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका सन्दर्भमा पर्वतारोहण, हिमाली क्षेत्रको उद्धार, जल तथा पदयात्रासँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ।
त्यसक्रममा, गृहमन्त्री लेखकले सरकारी, सुरक्षा, निजी सबै क्षेत्रसँग भएको क्षमता, जनशक्ति तथा तालिम जोडेर मात्र विपद् जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभयो। गृहमन्त्रालयले सबै निकायबीच एकीकृत र समन्वयको अवधारणा लिएको पनि जानकारी दिनुभयो।
प्राधिकरणको सभाहलमा भएको छलफलमा नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (NARA), हिमाली समुदाय जलवायु मैत्री संगठन (CAHC), हिमालयन उद्धार संघ नेपाल (HRA), पर्वतारोहण संचालक संघ नेपाल (EOAN), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN), नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ (NNMGA) र नेपाल पर्वतारोहण संघ (NMA) का पदाधिकारी एवं प्रतिनिधिको उपस्थिति थियो।
छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी ई. दिनेश भट्टले सबै निकायको एकीकृत प्रयासबाट विपद्का कारण हुने क्षति न्यून गर्न प्राधिकरणले विभिन्न निकाय तथा संघसंस्थाहरुसँग छलफल गरिरहेको जानकारी दिनुभयो।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ मा यी निकायको भूमिका, दक्षता, उपलब्ध जनशक्ति एवं सामग्रीको बारेमा जानकारी प्राप्त गर्ने उद्देश्यले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छलफलको आयोजना गरेको हो।
छलफलमा तीनै सुरक्षा निकायका विपद् हेर्ने अंगका प्रमुख तथा प्रतिनिधि, सडक विभाग एवं विश्व खाद्य कार्यक्रमका अधिकारीहरुको पनि सहभागिता थियो।स्रोत : National Disaster Risk Reduction & Management Authority
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0