
पोखरा ,जेठ २२ गते
महानगरपालिकाको वेभ साइटबाट अब शहरमा वायु प्रदुषणको तत्काल अवस्था हेर्न सकिने
काठमाडौँ महानगरपालिकाको वेभ साइटमा गएर नागरिक क्षेत्रभित्र भएका आइकनमध्ये ‘वायु गुणस्तर निगरानी’मा क्लिक गरेपछि ड्यासबोर्डका पुगिन्छ । यसको गृहपृष्ठमा स्थानको नाम, वायु गुणस्तर सूचकांक र नक्सा राखिएको छ । वायु गुणस्तरको अवस्थालाई विभिन्न ६ वटा रङ्गले अवस्था संकेत गरिएको छ । जसमा हरियो रङ्ग राम्रो अवस्थाको संकेत हो । पहेँलो रङ्ग मध्यम, सुन्तला रङ्ग बालबालिका, ज्येष्ठ नागरिक, फोक्सोमा समस्या भएका मुटु रोग भएका जस्ता वर्गका व्यक्तिका लागि संवेदनशील अवस्था हो । रातो रङ्गले अस्वस्थ्य अवस्थाको संकेत गर्छ । यो सबैका लागि अस्वस्थ्य अवस्था हो । खासगरी संवेदनशील वर्गका व्यक्तिहरु यसबाट जोगिनुपर्छ । स्रोत :काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

