
पोखरा ,जेठ २७ गते
पोखरा महानगरपालिकाको सहयोगमा सञ्चारकर्मीहरूका लागि स्थानीय तह स्थलगत रिपोर्टिङ सम्बन्धी तालिम सम्पन्न भएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल, कास्की र प्रेस सेन्टर नेपाल कास्कीको संयुक्त आयोजनामा सम्पन्न उक्त तालिममा सामाजिक इकाईका तल्ला तहसम्म पुगेर गर्न सकिने पत्रकारिताका बारेमा प्रशिक्षण प्रदान गरिएको हो ।
पोखरा ३३, पोखरा २७, ३० र ३१ का विभिन्न स्थानहरूको स्थलगत अवलोकन सहितको तालिम निकै प्रभावकारी भएको सहभागीहरूले बताएका छन् । उनीहरूले पोखरा महानगरपालिकाद्धारा सञ्चालित आयोजनाहरूको स्थलगत रिपोर्टिङ गर्नुका साथै स्थानीय जनजीवनका बारेमा समेत उत्सुकता देखाएका छन् ।
यसअघि तालिमको उद्घाटन गर्दै नगर प्रमुख धनराज आचार्यले सामाजिक वस्तुस्थितिको वास्तविक पहिचानका लागि स्थलगत रूपमा गरिने रिपोर्टिङ नतिजामुखी र प्रभावकारी हुने बताउनुभएको थियो । स्रोत :पोखरा महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

