पोखरा ,असार १४ गते
काठमाडौं विश्वविद्यालय स्नातकोतर तहमा आदिवासी शिक्षा र विकास सम्बन्धि कार्यक्रम को पत्रकार सम्मेलन सम्पन्न भएको छ। उक्त कार्यक्रम काठमाडौं विश्वविद्यालय को आयोजना र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फ़ोनिज ),गण्डकी प्रदेश को व्यबस्थापन मा संचालन भएको थियो। काठमाण्डौं विश्वविद्यालय अन्तर्गत आदिवासी शिक्षा र विकास विषयको एक वर्षे स्नातकोत्तर कार्यक्रम ,विकास शिक्षा विभाग, स्कूल अफ एजुकेशन कि संयोजक उप-प्रा. लिना गुरुङ (पि.एच.डी) ले स्कूल अफ एजुकेशन अन्तर्गतको शिक्षा विभागले आदिवासी शिक्षा र विकास सम्वन्धि एक वर्षे स्नातकोतर कार्यक्रम (MIED) सन् २०८२ साल देखि शुरु गरेको बताउनु भएको थियो। उहाँले जलवायु परिवर्तनले प्राकृतिक वातावरणमा ल्याइरहेको संकटसँग जुध्न पनि आदिवासी ज्ञानको प्रवर्धन अपरिहार्य भएको ,नेपाल लगाएत विश्व परिवेशमा विकसित भएको औपचारिक र आधुनिक शिक्षाको परम्पराले परिस्थितिजन्य र सन्दर्भ अनुसारको आदिवासी तथा स्थानिय ज्ञान , विश्वास, विश्वदृष्टिकोण, प्रविधि, कला, आषा, मूल्य मान्यता र संस्कृतिलाई कहिल्यै पनि शिक्षाको विषयवस्तुको रुपमा ग्रहण गर्न नसकेको ,आदिवासीहरुको भाषा, संस्कृति ज्ञान परम्परालाई अध्ययन अनुसन्धान गर्ने दस्तावेजीकरण गर्ने, साँस्कृतिक संवेदनशीलतालाई बुझ्न सक्ने, सचेत निर्णय गर्न सनने, पैरवी गर्न सक्ने, नीति तथा कार्यक्रमहरुको विश्लेषण गर्न सक्ने क्षमताको विकास पनि आजको आवश्यकता भएको,कुनै पनि विधामा स्नाकोत्तर गरिसकेकाहरुको लागि ल्याइएको यस कार्यक्रममा आदिवासी ज्ञान , सिप, संस्कृति, भाषा, मूल्य, मान्यता, विकास, र समग्र शिक्षा प्रणालीको सन्दर्भमा समालोचनात्मक सोच, चिन्तन, र विचार निर्माण गर्ने र एक्काइसौ सताब्दिमा आवश्यक सिप र क्षमताको विकास गर्ने उद्देश्यले लागु गरिएको यस कार्यक्रमको नेपालमा निश्चित महत्व रहेको ले १ बर्षे (MIED) कार्यक्रम राखिएको बताउनु भएको थियो। साथै उहाँले आदिवासी तथा स्थानिय ज्ञाननले दिगो प्राकृतिक स्रोत साधनको व्यवस्थापन र जैविक विविधताको संरक्षण गर्न सघाउ पुर्याउँछ । दिगो वातावरणीय, सामाजिक, साँस्कृतिक तथा आर्थिक विकासको लागि पनि आदिवासी तथा स्थानीय ज्ञानको प्रवर्धन र विकास गर्न आवश्यक छ। यस्ता तात्कालिन तथा दुरगामी महत्वलाई मध्य नजर गरेर नेपालको शिक्षा तथा विकासको क्षेत्रमा वैकल्पिक ज्ञान र परम्परालाई अगाडि बढाउन यस कार्यक्रमले टेवा पुरयाउँने बताउनु भएको थियो।

