
काठमाडौं,असार १५ गते
मिति २०८२।०३।१३ गते, अ. १८:०० बजेको समयमा जिल्ला काठमाडौं,काठमाडौं महानगरपालिका ९ गौशाला रुन्चेडाँडा को सार्वजनिक सडक बाटोमा वैदेशिक रोजगारबाट आएका एक व्यक्तिलाई केही अपरिचित मानिसहरूले डर
त्रास तथा धाक धम्की दिई निजको साथमा रहेको नगद रु. ४५,०००।- (पैँतालीस हजार) रुपैयाँ लुटपाट गरेको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा अ. १८:२८ बजेको
समयमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ८ गौशाला स्थितबाट लुटपाटको उक्त रु.४५,०००।- (अक्षरेपि पैँतालीस हजार) रुपैयाँ रकम सहित नियन्त्रणमा लिइ डाँका गर्न नहुने सम्बन्धी कसूर मुद्दामा सम्मानित काठमाडौं
जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति प्राप्त भइ थप अनुसन्धान भइरहेको ।
पक्राउ परेका प्रतिवादीहरू
1. जिल्ला काठमाडौं, दक्षिणकाली नगरपालिका ४ बस्ने वर्ष ३२ को राम बहादुर
तामाङ
2. जिल्ला सिन्धुपाल्चोक, लिसङ्खुपाखर गाउँपालिका ३ बस्ने वर्ष ४० को
बिपिन लामा
3. जिल्ला महोत्तरी, बर्दिबास नगरपालिका ६ घर भइ बस्ने वर्ष ३८ को बिनोद
मगर
4. जिल्ला रामेछाप, सुनापाति गाउँपालिका ३ बस्ने वर्ष ३० को राजु तामाङ
5. जिल्ला रामेछाप, मन्थली नगरपालिका १६ बस्ने वर्ष ३० को राजकुमार
माझी
जिल्ला प्रहरी परिसर ,काठमाडौं

