
पोखरा , असार २३ गते
जुवातास खेल्ने १७ जना मानिस पक्राउ
मिति २०८२।०३।२२ गते जुवातास खेल्ने गरेको भन्ने सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१० रक्षामार्ग स्थितबाट जुवातास खेलिरहेका ९ जना
व्यक्तिहरुलाई नगद रु.२,२२,०८०।– (अक्षरुपी दुई लाख बाईस हजार असी) र ४ बुक तास सहित पक्राउ गरिएको ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १५ घलेचोक स्थितबाट जुवातास खेलिरहेका ८ जना व्यक्तिहरुलाई नगद रु.१,९०,९८५।– (अक्षरुपी एक लाख नब्बे हजार नौ सय पचासी) र ४ बुक तास सहित पक्राउ गरिएको ।
निजहरू सबै जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण :-
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१० रक्षामार्ग स्थितबाट नियन्त्रणमा लिएका
व्यक्तिहरु :-
१) जिल्ला कास्की पोखरा म.न.पा. १९ लामाचौर बस्ने बर्ष ३८ को ई प्रसाद छन्त्याल,
२) जिल्ला कास्की पोखरा म.न.पा. ११ फुलबारी बस्ने बर्ष ३९ को हेम नारायण गर्बुजा,
३) जिल्ला कास्की पोखरा म.न.पा. १२ माटेपानी बस्ने बर्ष ४१ को लिल प्रसाद गुरुङ,
४) जिल्ला कास्की पोखरा म.न.पा. २९ सैनीक बस्ती बस्ने बर्ष ५१ को टेक बहादुर गुरुङ,
५) जिल्ला कास्की पोखरा म.न.पा. १६ बस्ने बर्ष ३४ की रेनु गर्बुजा,
६) जिल्ला कास्की पोखरा म.न.पा. ०९ न्युरोड बस्ने बर्ष ३४ की दिपा पुन,
७) जिल्ला कास्की पोखरा म.न.पा. १५ नयाँगाँउ बस्ने बर्ष ३२ की जेनिषा पुन,
८) जिल्ला कास्की पोखरा म.न.पा. १४ चाउथे बस्ने बर्ष ३७ की पुष्पा पुन,
९) जि.कास्की पोखरा म.न.पा.१० रक्षा मार्ग बस्ने ३९ को दल बहादुर पुन ।
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १५ घलेचोक स्थितबाट नियन्त्रणमा लिएका
व्यक्तिहरु :-
१) जिल्ला कास्की पोखरा म.न.पा. १० बस्ने बर्ष ३४ को चन्द्र बहादुर पुन,
२) जिल्ला कास्की पोखरा म.न.पा. १० रंगशाला बस्ने बर्ष ४४ की कल्पना भन्ने टिकामाया
आले,
३) जिल्ला कास्की पोखरा म.न.पा. १० काजीपोखरी बस्ने बर्ष ३७ की बिष्णु थापा,
४) जिल्ला कास्की पोखरा म.न.पा. १५ लक्ष्मीटोल बस्ने बर्ष ४२ की सोनी गुरुङ,
५) जिल्ला कास्की पोखरा म.न.पा. १५ घलेचोक बस्ने बर्ष ४२ को हिमाल गुरुङ,
६) जिल्ला कास्की पोखरा म.न.पा. १९ लामाचौर बस्ने बर्ष ४५ की केश कुमारी गुरुङ,
७) जिल्ला कास्की पोखरा म.न.पा. १० काजिपोखरी बस्ने बर्ष ५१ को टोप बहादुर थापा,
८) जिल्ला कास्की पोखरा म.न.पा. १५ मितेरी टोल बस्ने बर्ष ६७ को बलराम गुरुङ ।
नि.सूचना अधिकारी
प्र.नि. अविनाश दिप
जि.सी.
जिल्ला प्रहरी कार्यालय
कास्की

