पोखरा ,असार २४ गते

मिति २०८२।०३।२३ गते यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्की गण्डकी प्रदेश, पोखराबाट संचालन भएको वर्ग B (Car, Jeep, Delivery Ven) को प्रयोगात्मक परीक्षामा अरुको नामको परिक्षा दिईरहेको भन्ने सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलिले जिल्ला बाग्लुङ बा.न.पा. वडा नं. ५ अमलाचौर स्थायी घर भई जिल्ला पर्वत कुश्मा न.पा. ६ बस्ने वर्ष ३३ को मोहम्मद रहिमलाई आवेदक नं. ६८९६२२९ का परिक्षार्थी कुमार भण्डारीको नेपाली नागरिकताको प्रमाण पत्रमा आफ्नो फोटो टाँस गरी कुमार भण्डारीको परिक्षा दिईरहेको
भेटिएकोले निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लिखत सम्बन्धी कसूरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0