एकिकृत यातायात मजदुर संगठन नेपाल गण्डकी प्रदेश समिति को पत्रकार सम्मेलन सम्पन्न भएको छ। “संसारका मजदुरहरु एक हौँ ” भन्ने नाराका साथ आज पोखरा मा पत्रकार सम्मेलन भएको थियो। विगतका ट्रेड युनियनकर्मीहरुले सार्वजनिक यातायातका श्रमिकहरुलाई धोका दिने, रकम उठाई आफ्नो जीवीकोपार्जनका लागि तेहि रकमबाट मासिक तलब खाने, उठाईएको रकम पारदर्शी ढङ्गले मजदुरहरुलाई वितरण नगरी विभिन्न समयमा आलोचित हुने, रकम उठाउन बाध्यकारी बनाउने र सहयोगको नाममा अपमानित ढङ्गले सामाजिक सञ्जालमा प्रचार गर्ने जस्ता क्रियाकलापहरु गरिरहेको परिपेक्ष्यमा गण्डकी प्रदेश सहित नेपालभरी नै समस्याको रुपमा रहेको गैरकानुनी र अवैधानिक एप्सहरुले सार्वजनिक यातायात तहसनहस बनाई यातायात व्यवस्था ऐन २०४९ र गण्डकी प्रदेश सवारी ऐन २०७६ को वर्खिलाप हुनेगरी कार्य गरिरहेका एप्सको विरुद्धमा र गण्डकी प्रदेशको सवारी ऐन र नियमावलीको विरुद्धमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघ र नेपालमा क्रियाशिल ४ वटै मजदुर संघ संगठनले गण्डकी प्रदेश सरकारलाई सात बुंदे माग राखी, अल्टिमेटम दिई आन्दोलित भएको पत्रकार सम्मेलन जानकारी गराइएको थियो ।एकिकृत यातायात मजदुर संगठन नेपाल गण्डकी प्रदेश समितिले श्रमिकहरुलाई राज्यबाट प्रदान गरिने सुरक्षाको लागि योगदान मा आधारित सामाजिक सुरक्षाकोषको दायारामा समावेश गराउने प्रतिबद्दता ,लाइसेन्स नवीकरण मुल्यमा भयको वृर्द्दी को बारेमा पहल गरिने ,श्रमिकहरुको शास्थी माथि प्रशासनिक हैरानी लाइ निरन्तर दवाब दिइरहने ,पठाओ र अन्य ट्याक्सीको लागि भाडा समायोजन मा पहल गरिरहने ,श्रमिकहरुको स्वास्थ्य लाइ ध्यान दिई ,उनीहरुको स्वास्थ्य स्थितिको बारेमा पहल गरिरहने ,, कालो प्लेट को सवारी साधन लाइ हेरिने नजर फरक भएकाले ,यसको विरुद्दमा पनि आवाज उठाइरहने , जो गरिब यातायात श्रमिक छ ,उसको हक हितको लागि संरक्षण मा ध्यान निरन्तर दिने , सबै भन्दा तल्लो स्तरको मजदुर ले सामाजिक सुरक्षा कोष दायारामा रहन नपाएको र माथि स्तरका यातायात मजदुरहरुले त्यो सामाजिक सुरक्षा कोष को दायरामा समावेश भएका ,यस्तो प्रबृत्तिलाई हटाउन एकिकृत यातायात मजदुर संगठन नेपाल गण्डकी प्रदेश समिति लागिरहने, बाहिरि देश बाट आयका गाडिहरु को हकमा ,नियमानुसार नै उनीहरुले येन पालना गर्नु पर्ने सम्मेलन मा जानकारी गराइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0