धारिलो हतियार देखाई लुटपात गर्ने ५ जना मानिस पक्राउ
मिति २०८१।०४।२७ गते अं. ०२:०० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा. वडानं. ६ लेकसाईड स्थितमा वर्ष २० की एक महिलालाई बाटोमा हिँडिरहेको अवस्थामा १ वटा स्कुटर र १ वटा मोटरसाईकलमा अपरिचित ब्यक्तिहरु आई धारिलो हतियार चक्कु देखाई घाँटीमा राखि डर त्रासमा पारी निजको साथमा रहेको दुई तोला बराबरको सुनको सिक्री थान १, नगद रु १२,०००।- (बाह हजार) र लेदरको कालो रङको ज्याकेट समेत लुटी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उक्तघटनामा संलग्न जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १८ बस्ने वर्ष ३७ को देवन गुरुङ,
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १८ बस्ने वर्ष १९ को आजित रुचाल भन्ने हितमान सार्की, जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं.३ घर भई जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ५ बस्ने वर्ष १८ को अनिश भट्टलाई उक्त घटनामा प्रयोग भएको ग ८ प ६९२४ नं को डियो रातो रंगको स्कुटर र ग ११ प ९८२७ को मो.सा. सहित पक्राउ गरी खानतलासी गर्दा निजहरूको साथबाट उक्त सुनको सिक्री बिक्री गरी आएको रकम रु.१,०३,५००।- (एक लाख तीन हजार पाच सय मात्र) बरामद भएको । घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त सुनको सिक्री किन्ने जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ गणेशटोल बस्ने बिकास सुन चाँदी पसलका संचालक नारायण प्रसाद बि.क. र एस. पि. मान्मा ज्वेलर्सका संचालक प्रशान्त मान्मा समेतलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।व्यक्ति तथा बरामद सामानहरुको