Tuesday Dec 24, 2024
We Are Connecting The World By Real News

कालिका बहुमुखी क्याम्पस काजीपोखरी मा कल्याणकारी समितिको आयोजना मा तिज प्रतियोगिता सम्पन्न भएको छ।

कालिका बहुमुखी क्याम्पस काजीपोखरी मा कल्याणकारी समितिको आयोजना मा तिज प्रतियोगिता सम्पन्न भएको छ। क्याम्पस प्राङ्गणमा बुधबार सम्पन्न प्रतियोगितामा १७ वटा समूह सहभागी भयका थिए। विधार्थीहरु बीच संस्कृति सम्बर्द्द्न गर्ने र उनीहरुमा सृजनात्मक क्षमता विर्द्दी गर्नको साथै समाजमा रहेका विसंगतिहरु विरुद्द सचेत गर्न तीजगीतको माध्यम द्वारा… चेतना जगाउन प्रतियोगिता गरिएको जानकारी क्याम्पस प्रमुख विरन्जी गौतम ले बताउनु भएको थियो। उक्त प्रतियोगिता मा गित र नाच परम्परा र संस्कृति झल्किने गरि प्रस्तुत भएको मा निवर्तमान क्याम्पस प्रमुख रबिन्द्रनाथ बास्तोलाले सम्पुर्ण सहभागी क्षत्राहरुलाइ धन्यवाद दिएका थिए।

 

उक्त तिज गित प्रतियोगितामा प्रथम प्रतिक्षा रानाभाटको समुहलाई रु ४ हजार नगद र प्रसंसा पत्र ,दित्तीय सोनिया चोखालको समुहलाई रु ३ हजार नगद र प्रसंसा पत्र,तिर्त्तिया हुने किर्ति पौडेल को समुहलाई रु २५ सय नगद र प्रसंसा पत्र र मिनाक्षी को समुहले रु १५ सय नगद र प्रसंसापत्र सहित सान्त्वाना पुरस्कार क्याम्पस प्रमुख विरन्जी गौतम ,सहायक क्याम्पस प्रमुख युबराज गुरुङ ,शालिक राम तिमिल्सिना र कल्याणकारी समितिका अध्यक्ष सपना श्रेष्ठ ले प्रदान गर्नु भएको थियो। कार्यक्रम मा स्वागत मन्तव्य स्नेहा छन्त्याल ले गर्नु भएको थियो। कार्यक्रम संचालन विधार्थी कल्याणकारी समितिका सचिव तेजेन्द्र केसीले गर्नु भएको थियो। प्रतियोगिताको निर्णायक को रुपमा उप-प्राध्यापकहरु जमुना बराल ,माया देवी कुंवर र भावना तिवारी रहनु भएको थियो।

Facebook Comments