पोखरा ,असोज ३ गते

मिति २०८२।०७।०२ गते अं.१८:४० बजे जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा स्थितमा नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको नं. नखुलेको सवारी साधनले अंन्दाजी ५५ बर्षका पुरुष व्यक्तिलाई ठक्कर दिई घाइते बनाई फरार रहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय बगर कास्कीबाट प्रहरी टोली खटिई घाईतेलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएकोमा चिकित्सकद्वारा उपचारको क्रममा मृत घोषणा गरेको । ठक्कर दिने सवारी साधनको सम्बन्धमा अनुसन्धान तथा खोजतलास गर्दै जाँदा आज मिति २०८२।०७।०३ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १० रंङ्गशाला गेट अगाडीबाट घटनामा संलग्न ग १ ज ७११० नं.को सुमो गाडी सहित चालक जिल्ला पर्वत मोदी गाउँपालिका वडा नं. १ भुकक्ताङ्ले घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १५ फुलवारी बस्ने वर्ष २८ को शुशिल सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडी बढाईएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0