Monday Dec 23, 2024
We Are Connecting The World By Real News

संविधान दिवसको अवसरमा कालिका बहुमुखी क्याम्पसमा “फाइभ ए साइड” फुटबल शुरु

कालिका बहुमुखी क्याम्पस , विद्यार्थी कल्याण्कारी समितिको आयोजनामा क्याम्पस खेल मैदानमा अन्तर संकाय छात्र तथा छात्रा फइभ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । असोज ५ गते सम्म चल्ने प्रतियोगिताको पोखरा महानगर पालिका वडा नं १४ का वडा अध्यक्ष तथा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बोध बहादुर कार्कीले रेफ्रीलाई बल हस्तारण गरी उदघाटन गरे । उनले क्याम्सले पढाइका अतिरिक्त विभिन्न खेलकुद सञ्चालन गरेर विद्यार्थीहरुलाई विभिन्न अवसर प्रदान गरेकोमा धन्यबाद दिदै ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोर्वधनले पनि यसरी नै ओलम्पिक सम्म पुगी सफलता प्राप्त गरेको बताए ।क्याम्पस प्रमुख श्री विरन्जी गौतमले खेलले आपसी भाइचारा स्थापीत हुने र अनुशासित बनाउनुको साथै स्वास्थ रहन सहयोग पुग्ने हुँदा विभिन्न अवसरमा क्याम्पसले अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न खेलकुद कार्यक्रम नियमित रुपमा गर्दै आएको बताए । उनले क्याम्पसले छोटो समयमा त्तब्ब् को प्रमाणपत्र प्राप्त गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको बताउदै उपस्थित सम्पूर्णलाई संविधान दिवसको शुभकामना व्यक्त गरे । प्रतियोगितामा छात्र तर्फ १५ बटा टिम र छात्रा तर्फ ४ टिम सहभागी रहेका छन् । प्रथम हुनेलाई रु ५०००अ नगद प्रमाणपत्र मेडल र ट्रफी , द्धितियलाई रु ४०००÷– नगद प्रमाणपत्र र मेडल तृतीय लाई रु ३०००÷– प्रमाणपत्र र मेडल प्रदान गरीने जानकारी सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले बताए । विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सपना श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत सहायक क्याम्पस प्रमुख युवराज गुरुङ्गले गरे भने कर्मचारीहरुका तर्फबाट लेखा प्रमुख हुकुमराज थापाले शुभकामना व्यक्त गरे । कार्यक्रम संचालन विद्यार्थी कल्याणकारी समितिका सचिव तेजेन्द्र के सीले गरे भने रेफी ज्ञानेन्द्र कार्कीले खेलका नियमहरुका बारेमा जानकारी गराएका थिए ।

Facebook Comments