कालिका बहुमुखी क्याम्पसमा शुभकामना आदान प्रदान
कालिका बहुमुखी क्याम्पस , काजीपोखरीद्धारा विजयादशमी तथा दिपावली २०८१को पावन अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ । क्याम्पस संचालक समितिका अध्यक्ष किरण के सीले त्तब्ब् को प्रमाणपत्र प्राप्ती संगै शिक्षक कर्मचारीहरुले थप जिम्मेवारी पूर्वक आफ्नो दायित्व निभाउन पर्ने वताए । सामुदायिक रुपमा स्थापना भई क्याम्पसले प्राप्त गरेको सफलताको पछाडी शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको महत्वपूर्ण भुमीका रहेको वताउदै विजयादशमी २०८१ ले थप उर्जा प्रदान गरी क्याम्पसले आगामी दिनहरुमा थप प्रगति गर्न सफल होस भनि शुभ कामना व्यक्त गरे । क्याम्पस प्रमुख विरन्जी गौतमले सवैको सहयोगले मात्र क्याम्पस सफल हुने हुँदा विद्यार्थी शिक्षक कर्मचारी र समुदायको भुमीका क्याम्पसका लागि मार्गदर्शन हुने वताए । उनले मौलिक चाड पर्वहरु र सस्कृतीको माध्यमबाट समाजमा सदभाव कायम रहने वताउदै यसलाई सवै मिलेर जोगाउन आग्रह गरे । सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले वडा दशैको महत्व बारे जानकारी गराए । पव्लिक क्याम्पस प्राध्यापक संघका सचिब सन्तोषमणी लामिछानेले क्याम्पसको गुणस्तर कायम राख्न सम्पूर्ण शिक्षक कर्मचारीहरु प्रतिवद्ध रहेको बताए । यस क्याम्पसका शिक्षक तथा प्यावसन कास्कीका अध्यक्ष मथुरा पौडेलले जसरी देवीको नामबाट क्याम्पस स्थापना भयो त्यो नामलाई सदा स्मरण गरी क्याम्पसको प्रतिष्ठा जोगाइराख्नु पर्ने धारणा व्यक्त गरे । वि स २०४८ सालमा गैर नाफामुलक सस्थाको रुपमा स्थापना भएको क्याम्पसले आर्जन गरेको प्रख्याति वास्तवमै अविष्मरणीय रहेको कुरा सहायक क्याम्पस प्रमुख युवराज गुरुङ्गले वताउदै क्याम्पसले रणनितिक योजना वमोजिम स्वायक्त कार्यक्रमहरु संचालन गर्ने तयारीमा रहेको जानकारी गराए । छोटो समयमा नै त्तब्ब् को प्रमाणपत्र प्राप्त गर्न सफल यस क्याम्पसमा १५५१ जना विद्यार्थीहरु अध्ययनरत रहेको र दशै तिहारको विदामा पनि विद्यार्थीहरुको लागि क्याम्पस प्रशासन खुल्ला रहने जानकारी भ्ःक्ष्क् प्रमुख हुकुमराज थापाले वताए । क्याम्पस प्रमुख बिरन्जी गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक समितिका सदस्यहरु, शिक्षक, कर्मचारीहरुद्धारा शुभकामना आदान प्रदान गरेका थिए ।
क्याम्पस प्रमुख
(सह–प्रा बिरन्जी गौतम)