
पोखरा,माघ २३ गते
विशेष महाधिवेशन पछि सभापति बनेको पहिलो पल्ट नेपाली काङ्ग्रेस गण्डकी प्रदेश कार्यसमिति बैठक पोखरा मा आएर सभापति गगन कुमार थापा ले जब भदौ २३ र २४ आन्दोलन पश्चात ,त्यो आन्दोलन लाई कसरी लिने र कसरी अघि बढने भनेर हामी अघि बढेका हौं , ती गल्ती कमि कमजोरी लाई हामिले स्विकार्दै, विनम्र भएर जिम्मेवार पनि बन्न पर्छ भनेर अघि बढेकै छौँ । भदौ २२ गते पनि देश को अवस्था ठिक नभएको दावि गर्नु भएको थियो । उहाँले एका- एक गरि राजनीति उथलपुथल शुरु हुन थालेपछी नेपाली काङ्ग्रेस पार्टीले २ वटा खराब तत्वहरु , अस्वीकार प्रवृत्ति र नाफा उठाउने प्रवृत्ति लाई नेपाली काङ्ग्रेस ले अस्वीकार गर्नु पर्छ भनेर हामी विशेष महाधिवेशन मार्फत हामी यो संघार मा आइपुगेको बताउनु भएको हो ।
लामो समय अघि पार्टी मा काम गरि आउनु भएका हाम्रा अग्र्जहरु लाई हामिले छाडने होइन उहाँहरुलाइ पक्र्न सक्नु पर्छ ,अग्रजहरु बाट विस्वास र ज्ञान् लिनु पर्द्छ , अग्रजहरु लाई थप मुल्यमा राख्न कोसिस गर्नु पर्द्छ। हालको १६५ निर्वाचन क्षेत्रमा उम्मेद्बावार कुन लड्ला, कुन जिल्लामा कुन उम्मेद्बावार राख्ने नभनिकन हामीले उम्मेद्बावारि चयन गरेको बताउनु भएको छ । उहाँले नेपाली काङ्ग्रेस नौ जवान को पार्टी हो , नेपाली काङ्ग्रेस अनुभव र Experience बटुलेको पार्टी हो , युवाहरूको आकांक्ष बोकेर हिड्ने पार्टी हो , व्यक्तिगत समझदारी नगर्ने पार्टी हो , टिमवर्क मा विस्वास गर्ने पार्टी हो , नेपाली काङ्ग्रेस पुरानो पार्टी पनि हो , नयाँ पार्टी पनि हो भनी बताउनु भएको हो ।
वि .स २०४८ साल देखि लोक प्रिय् पार्टी बनी विगत देखि नै प्रेरणा लिएर हामी अहिले सम्म एक जुट नै छौँ , दक्षिणी एसिया भित्र का देशहरुमा महिलाहरुलाइ पनि मन्त्री बनाउन शुरु गरेको पहिलो पार्टी नै नेपाली काङ्ग्रेस हो ,हामि यौटा व्यक्तिले चमत्कारी गर्ने भन्ने मा विस्वास गर्दैनौं , नेपाली काङ्ग्रेस ले अबको ५ बर्ष निजि व्यबसाय सङ्ग जोडिएर रोजगार सिर्जना गर्ने वातावरण मिलाउने योजना मा लाग्दछ , तन्नेरी साथिहरुको धेरै कुराहरु सुन्नु पर्छ , पुराना सबै खराब हुँदैनन, गल्ती बाट हामिले सिक्नु पर्द्छ , नयाँ पार्टीहरु चुनाव को हिसाब किताब मात्रै गर्न आएका हुन ,सबै साथिहरुलाइ समेटेर लानु पर्छ, काङ्ग्रेस मा अब गुट छैन,पार्टीहरुलाइ छाडेर गएका हरुलाइ ल्याउन जरुरी छ।नेपाली काङ्ग्रेस पार्टीलाई गत निर्वाचन मा २७ लाख मत हालेका थिए ,
ती मध्य निरास भएकाहरुलाइ ल्याउन जरुरी छ, हामीले निर्वाचन अघि मतदाता कहाँ पुगेर विनम्र अनुरोधगरि भारी मत का शाथ , शानदार रुपामा हामिले जित्ने प्रयत्न गर्नु पर्ने मा नेपाली काङ्ग्रेस का सभापति गगन कुमार थापाले बताउनु भएको हो ।अन्त्यमा नेपालि कांग्रेस सभापति गगन कुमार थापाले “राधा कुमारी शर्मा “लाइ नेपाली काङ्ग्रेस पार्टी मा प्र्वेश समेत गराएका थिए। जस्ले पदलाइ पेशा होइन, सेवा हो भनी ठान्छ त्यो नेपाली काङ्ग्रेस हो । परिवर्तन संभव छ,जहाँ सुधार्न परेको छ त्यहाँ नेपाली काङ्ग्रेस पुगेको छ ।जहाँ पुस्तान्तरण को संकेत छ, जस्ले प्रजातान्त्र लाई बलियो बनाउन आएको छ त्यो नै नेपाली काङ्ग्रेस पार्टी हो ।
नेपाली काङ्ग्रेस गण्डकी प्रदेश कार्यसमिति बैठक मा उठेका प्रतिनिधि ज्युहरुको धारणहरु
१: निर्वाचन जित्न का लागि क्षेतृय स्तर वा प्रदेश स्तर मा जेन जि बैठक चलाउनु पर्यो।
२: अबको पार्टी जस्ता त्यस्तालाई लाई पार्टी प्रबेस नगरौ ।
३: २१ गतेको को चुनाब जिताउन घर दैलो मा बढि खटिन आग्रह ।
४.जनप्रतिनिधि लाई क्रियायासिल बनाउ ध्यान दिन लगाउनु पर्यो।
स्वास्थ बिमा लाई व्यबस्थित गर्न काङ्ग्रेस ले मात्रै अघि सार्न सक्छ बनाउनु जरुरी रहेको ।
५: यो निर्वाचन मा दलित एक मात्रै उठेका छ्न, त्यो नभै कम्तिमा पनि दलित लाई ५०% पुर्याउनु जरुरी रहेको ।
६: अझै पनि भित्री लेयर मा काङ्ग्रेस पुगेको छैन, पुग्न जरुरी रहेको ।
७: निर्वाचन प्रणाली बाट नै उम्मेद्बावार को खर्च व्यबस्था मिलाउन जरुरी छ ।
८: महिला लाई ३३% आरक्षण छुट्टाउनु पर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

