नेपाल फिजियोथेरापी संघ गण्डकी प्रदेश को चौथो महाधिवेशन सम्पन्न भएको छ
नेपाल फिजियोथेरापी संघ गण्डकी प्रदेश को चौथो महाधिवेशन आज सम्पन्न भएको छ। सम्पन्न भएको महाअधिवेशन मा १३ जना को नयाँ कार्यसमिती बनेको छ । नयाँ कार्य समितिको अध्यक्ष पदमा श्री विवेक लम्साल चयन हुनुभएको छ , भने उपाध्यक्ष मा श्री शुरेश पहारी चयन हुनुभएको छ ।नेपाल फिजियोथेरापी संघ को आयोजना मा सम्पन्न भएको यस
अधिवेशन मा नेपाल फिजियोथेरापी संघ गण्डकी प्रदेश का नि वर्तमान अध्यक्ष श्री शिभ प्रसाद तिवारीले हाम्रो यो फिजियोथेरापी मा जनचेतना को कमि छ ,माग भने बढदो नै छ , गण्डकी विस्वबिधालय मा करिकुलम बनाउन सकिएको छैन , फिजियोथेरापी को कम्पीटिटर भनेको आयुवेर्द अस्पतालहरु हो ,नेपाल मा करिब २५०० जना थेरापिस्ट मा अहिले करिब १२०० जना जति थेरापिस्ट रहेका छ्न , बाँकी सबै थेरापिस्टहरु विदेशतिर गएका छ्न , त्येसैले जनचेतना फैलाउन आबश्यक भएको र नयाँ कार्य समितिले सहकार्य गरेर काम देखिने गरि अघि बढनुपर्ने मा जोड दिनु भएको थियो ।नेपाल फिजियोथेरापी संघ गण्डकी प्रदेश फिजियोथेरापी
को सुरुवात वि सं. १९९० मा TU बाट Certificate Level शुरु भएको हो ।काठमाडौँ महानगरपालिका भित्र का सम्पूर्ण वडा स्वास्थ्य क्लिनिक मा फिजियोथेरापिस्ट हरु राखीएको छ भने , गण्डकी प्रदेश मा नभएको अबस्था छ। गण्डकी प्रदेश का हरेक जिल्ला अस्पतालहरुमा फिजियोथेरापी अस्थायी को लागि रु ५ लाख र सामान किन्न रु १० लाख छुत्तयाइएको छ भने गण्डकी प्रदेश मा अहिलेसम्म २ जना स्थायी दरवन्दी रहेको र नेपालमा अहिलेसम्म २,३०० जना को संख्या मा फिजियोथेरापिस्ट रहेको नेपाल फिजियोथेरापी गण्डकी प्रदेशका नि वर्तमान अध्यक्ष श्री शिभ प्रसाद तिवारी ले कार्यक्रम मा जानकारी गराउनुभएको थियोे ।
त्येस्तै गरेर नेपाल फिजियोथेरापी गण्डकी प्रदेशका नि वर्तमान महासचिव ले १० बर्ष मा नभएको काम हामिले यस ३ बर्ष को अवधी गण्डकी प्रदेश मा गर्यौ भनी बताउनु भएको थियो । नयाँ कार्य समिती गठन लगतै शुभकामना मन्तव्य को क्रममा अविनास लल्साल ले , यो यौटा volunteer संस्था हो , यसमा financial challenge पनि छ ,conflict पनि धेरै छ, गण्डकी प्रदेश मा हातेमालो गरि एक भएर काम गर्नेहरु देखिनै रहेका छौँ , नेपाल फिजियोथेरापी संघ गण्डकीमा अझै नजिक भएर काम गर्ने छु भन्दै नयाँ कार्यसमितिहरुलाइ बधाई दिनुभएको थियोे ।
आजको अधिवेशन बाट अध्यक्ष मा रहनु भएका विवेक लम्साल ले रा. खे .प .मा पनि दरवन्दी राख्ने गरि काम गर्ने छु,नेपाल फिजियोथेरापी संघ गण्डकीमा जनचेतना आबश्यक रहेको , टिम work चाहिन्छ, टिम work बिना केही हुन सक्दैन , फिजियोथेरापी अन्तर्गत को certificate नभएको र उनिहरुबाट काम भैरहेकोहरुलाइ कसरी रोक्न सकिन्छ यी नै कुराहरुलाइ ध्यान मा राखेर काम गर्ननै छु भनी बताउनु भएको थियो ।