एकनाले भरुवा बन्दुक सहित २ जना मानिस पक्राउ
मिति २०८१।०८।२४ गते अं.२३:३० बजेको समयमा जिल्ला कास्की मादी गाँउपालिका वडा नं. ७ मेलबोट लिचु भन्ने जंगल नजिकै रहेको गाईगोठमा भरुवा बन्दुक चेकजाँच गर्ने क्रममा एक्कासी पड्किन जाँदा ऐ.ऐ. बस्ने बिनोद सुनार घाईते भई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएको भन्ने सूचना प्ताप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी टोली खटिई गई सोधपुछ गर्दा उक्त बन्दुक ऐ.ऐ. बस्ने साईला भन्ने कुल प्रसाद वि.क. र सुमन तामाङले राखेको भन्ने खुल्न आएको हुँदा सो स्थानमा गई खोजतलास गर्दा कुल प्रसाद वि.क.को गाईगोठ भन्दा अं.१५० मिटर तल लिचु जंगलमा रातो कपडाले बेरेर लुकाई छिपाई राखेको अवस्थामा २ फिट २.५ ईन्च लामो १ नाले भरुवा बन्दुक फेलापारी बरामद गरिएको र सो हातहतियारको ईजाजतपत्र कागजात नभएको हुँदा जिल्ला कास्की मादी गाँउपालिका वडा नं. ७ मेलवोट बस्ने वर्ष ३२ को साईला भन्ने कुल प्रसाद वि.क. र ऐ.ऐ. पानीघाट बस्ने वर्ष २२ को सुमन तामाङलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा दिन छ (६) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।