Monday Dec 23, 2024
We Are Connecting The World By Real News

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)को २३औं राष्ट्रिय सम्मेलन भोलि बाट पोखरामा शुरु

अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन पोखरा मा  हुने भएको छ ।कार्यक्रम मा अखिल नेपाल  राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन  (क्रान्तिकारी) ले पत्रकार सम्मेलन गरि आज  कार्यतालिका सार्वजनिक गरेको थियो । उक्त सम्मेलन मा नेकपा ( बहुमत ) महाधिवेशन आयोजक समिती सदस्य तथा संगठनका फ्याक्स इन्चार्ज श्री शरद रसाइली , अखिल नेपाल  राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन  (क्रान्तिकारी) का संयोजक श्री मिलन राई , नेकपा बहुमत गण्डकी प्रदेश का व्युरो इन्चार्ज श्री अनन्त ,अखिल नेपाल  राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन  (क्रान्तिकारी) का आयोजक समिति सदस्य डि वि बुढाथोकी र अखिल (क्रान्तिकारी)   संगठन विभाग कि प्रमुख सुश्री रुपा बुढामगर को उपस्थिति रहेको थियोे । पत्रकार सम्मेलन संचालन संगठन विभाग कि प्रमुख सुश्री रुपा बुढामगर ले गर्नु भएको थियो ।

वैज्ञानिक समाजवादी शिक्षाका लागि क्रान्तिकारी विद्यार्थी आन्दोलन ! बेरोजगारी, कुशासन र भ्रष्ट्राचारका विरुद्ध २३ औं राष्ट्रिय सम्मेलन !! भन्ने मुल नाराका साथ गौरवशाली संगठन अखिल नेपाल  राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन  (क्रान्तिकारी)को २३औं राष्ट्रिय सम्मेलन भोलि बाट पोखरामा शुरु हुने भएको छ। पार्टी का महासचिव ध्रमेन्द्र बास्तोला कमरेड कन्चन द्वारा पोखराको उधोग वाणिज्य संघको हल गैराहापाटन मा  उदघाटन  हुने भएको राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन  (क्रान्तिकारी) का संयोजक श्री मिलन राई ले पत्रकार सम्मेलन मा जानकारी गराउनु भएको थियोे ।अतिथिहरु : नेकपा (बहुमत) का शिष्स्थ नेताहरु मित्र विधार्थी संगठनका नेतृत्वहरु , नेकपा ( बहुमत) निकट सबै जबसका प्रमुखहरु , महान सहिद तथा वेपत्ता योद्धाका परिवारजनहरु रहनुहुने सम्मेलन मा जानकारी गराइएको थियो ।
राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन  (क्रान्तिकारी) को २०८१ मंसिर २९ र ३० गते नदिपुरको शाक्य समाज घरको हल मा  प्रतिनिधी/पर्यवेक्षक : ३३३ जना (७७ वटा जिल्लाबाट उपस्थित हुने)गरि  बन्द सत्र शुरु हुने र २०८१ पुष १ गते बन्द सत्रबाट पारित नीति, कार्यक्रम र नेतृत्व सार्वजनिक गर्ने घोषण सभा गर्ने भएको छ। उक्त राष्ट्रिय सम्मेलन लाई  जनताहरुले  ले दिनु भएका दाल चामल बाट , सामान्य खर्च बाट नै सम्मेलन गर्ने भएको जनाएको छ। 
Facebook Comments