Monday Dec 23, 2024
We Are Connecting The World By Real News

सम्मानित अदालतको फैसला कार्यान्वयनको लागि ५१ जना फरार प्रतिवादीहरु पक्राउ

मिति २०८१ साल मंसिर १ गतेदेखी ऐ.३० गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलिले सम्मानित अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ५१ जना (पुरुष- ४१ जना, महिला- १० जना) फरार प्रतिवादिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित अदालतमा बुझाइएको । निजहरुबाट ८ वर्ष ९ महिना ४ दिन कैद सजाय र रु.६१,२३,६००।- (एकसठ्ठी लाख तेईस हजार छ सय) जरिवाना असुल गर्नको लागि सम्मानित अदालतमा उपस्थित गराईएको
। पक्राउ व्यक्तिहरु तथा मुद्दाको संख्यात्मक विवरण :
1. चेक अनादार मुद्दामा – ३३ जना,
2. चोरी सम्बन्धी मुद्दामा – २ जना,
3. बालबालिका विरुद्धको कसूरमा – १ जना,
4. बाल यौन दुरुपयोग मुद्दामा – १ जना,
5. बैंकिङ कसुर मुद्दामा – ६ जना,
6. लागू औषध सम्बन्धी मुद्दामा -३ जना,
7. लिखत सम्बन्धी मुद्दामा – २ जना,
8. लेनदेन बिगो मुद्दामा – २ जना,
9. सवारी ज्यान सम्बन्धी मुद्दामा – १ जना सूचना अधिकारी
(बसन्त कुमार शर्मा)
प्रहरी नायव
उपरीक्षक
जिल्ला प्रहरी
कार्यालय कास्की

Facebook Comments