सार्वजनिक निकायमा स्वदेशी वस्तु अनिवार्य गर्ने सरकारको निर्णयको स्वागत
काठमान्डौं ।
सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णयको नेपाल उद्योग परिसंघ
हार्दिक स्वागत गर्दछ । सरकारको यो निर्णयले स्वदेशी उत्पादन प्रवद्र्धन गर्न निकै सहयोग पुग्ने परिसंघको
विश्वास छ ।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको सिफारिसमा नेपाल सरकारले मंसिर २८ गतेको मन्त्रिपरिषद्
बैंठकबाट ।।।सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित गरेको छ । यसले नेपाल
उद्योग परिसंघसहित समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको छ । परिसंघले नेपाल सरकार, उद्योग, वाणिज्य
तथा आपूर्ती मन्त्रालयसँग २०७८ असार १० गते साँझेदारीपत्रमा हस्ताक्षर गरी मेक इन नेपाल स्वदेशी
अभियान संचालन गरिरहेको छ ।
स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रबद्र्धन गर्ने मुख्य उद्देश्यले राखेर अघि बढाइएको मेक
इन नेपाल स्वदेशी अभियान कार्यान्वयनमा नेपाल सरकारले आफ्नो बलियो साथ एवम्साझेदारी प्रस्तुत गरेको
छ । सरकारको यो बलियो साथ एवं सहयोगले स्वदेशी वस्तुहरुको उत्पादन तथा प्रयोगमा नयाँ आयाम थपिने
विश्वास परिसंघको छ ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री हुनुभएको बेलामा २०७७ फागुनमा यो अभियानको
औपचारिक सुरुवात भएको थियो । परिसंघले सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग
अनिवार्य गर्न आग्रह गर्दै आईरहेको छ । सरकारको पछिल्लो निर्णयले स्वदेशी अभियानले राखेको लक्ष्य हासिल
गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ । ।।।सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका
२०८१’ पूर्ण लागू गर्न परिसंघ अनुरोध समेत गर्दछ ।
परिसंघले मेक इन नेपाल स्वदेशी अभियानलाई सफल बनाउन नीतिगत सुझावसँगै बिजनेश टू बिजनेस (
बीटूबी) पोर्टल संचालनमा ल्याइसकेको छ । परिसंघ पछिल्लो पटक संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (
यूएनसीडीएफ) को “अगोरा” प्लेटफर्ममा समेत आवद्ध भई स्वदेशी वस्तुहरुको प्रबद्र्धनमा काम गर्दै आईरहेको छ
। परिसंघले स्वदेशीको सामूहिक टे«डमार्क समेत प्राप्त गरिसकेको छ ।