
पोखरा ,चैत्र ७ गते
पोखरामा आज अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ट्रायथलन प्रतियोगिता Asia Triathlon Cup तथा South Asian Championship भएको छ। फेवाताल लगाएत पोखराका सुन्दर प्राकृतिक क्षेत्रहरूमा सञ्चालन भएको यस प्रतियोगिताले खेलकुद, पर्यटन र अन्तर्राष्ट्रिय पहिचानलाई एकैसाथ उजागर गरेको छ। विभिन्न देशका खेलाडीहरूको उल्लेखनीय सहभागिताले गण्डकी प्रदेशलाई अन्तर्राष्ट्रिय खेल गन्तव्यका रूपमा स्थापित गर्न थप ऊर्जा मिल्ने छ । खेलकुदको माध्यमबाट स्वस्थ समाज निर्माण र पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण रहन्छन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

