
काठमाडौँ,बैशाख ३० गते
वडावासीलाई रोजगार र स्वरोजगार बनाउन क्षमता विकासका लागि वडा १८ बाट ‘सिप मेला’
‘स्थानीयबासीको क्षमता विकासबाट आयआर्जन गराउन मेला आयोजना गरेका हौँ’ – वडाध्यक्ष महर्जन
‘गएको वर्ष परम्परागत खाद्य परिकार उत्पादन गर्ने, एक वडा एक नमूना उद्यमसँग सम्बन्धित सिप विकास गराउने, विपद व्यवस्थापनमा स्थानीय क्षमता विकास गराउनेसहितका तालिम सञ्चालन गरेका थियौँ । डल्लो साबुन, झोल साबुन र सरफ बनाउने, कपडाका जुत्ता बनाउने, रेशमी धागोबाट हस्तकलाका सामान बनाउने लगायत तालिम सञ्चालन गरेका थियौँ ।’ महर्जन भन्नुहुन्छ, ‘यस वर्ष वेकरी, वारिस्ता विधाका तालिम थपेका छौँ । स्थानीयबासीमा स्वरोजगार बन्न, दैनिक जीवनयापनका लागि गर्नु पर्ने खर्च घटाउन र रोजगारीका क्षेत्रमा जान सहयोग गर्ने अपेक्षा लिएका छौँ ।’स्रोत : काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

