भरतपुर ,जेठ ०९ गते
चितवन उद्योग वाणिज्य संघको सभाहलमा साबुन बनाउने तालिम सम्पन्न भएको छ ।  सीप नै आत्मनिर्भरताको पहिलो पाइला हो भन्ने नारा सहित चितवन उद्योग वाणिज्य संघको आयोजनामा सिपमूलक ज्ञान सिप हस्तान्तरण गर्दै महिला उद्यमीहरुलाई स्वरोजगार तथा आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
तालिममा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले यस्ता तालिमले महिलाहरुलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन सहयोग गर्ने बताउँदै  सिकेको सीपलाई झोलामा मात्र सीमित नराखेर यसलाई व्यावसायिक रूपमा अघि बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले हातमा सीप हुनेहरू कहिल्यै भोकै बस्नु नपर्ने बताउँदै उहाले सिपले आर्थिक रुपमा सबल तथा आत्मनिर्भर हुने बताउनुभएको थियो । उहाँले उद्यमशितला विना कुनै राष्टको विकास नहुने बताउँदै यो ३ दिन सम्म सिकेको सिपलाई उद्यमशिलतामा ढाल्न अनुरोध गर्नुभएको थियो । उहाँले महिला उद्यमीहरुको उत्पादन बजारीकरणमा संघले सहयोग गर्ने बताउँदै अन्य तालिमको आवश्यकता भए संघ तालिम प्रदान गर्न सधै तयार रहेको बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट मन्तव्य राख्दै गिता कुमारी न्यौपानेले चितवन उद्योग वाणिज्य संघले उद्यमशिलता विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै संघललाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
जेठ ६ गते देखि ८ गते सम्म तीन दिन सञ्चालित साबुन बनाउने तालिममा केजिए सोप इण्डष्ट्रिजका सञ्चालक कमला अधिकारीले प्रशिक्षण गर्नुभएको थियो भने तालिमा ४५ जना प्रशिक्षर्थीहरुको सहभागिता रहेको थियो ।
तालिमको समापन सत्रमा चितवन उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवम् तालिम संयोजक विष्णु लम्साल, कार्यकारी निर्देशक निलबहादुर के.सी, कार्यसमिति सदस्य श्रीकृष्ण लम्साल, अस्मिता तिमिल्सिना, कृष्णकुमार महतो, सुरेशकुमार गुप्ताको सहभागिता रहेको थियो ।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्र एवम् समापन सत्र संघका कार्यक्रम अधिकृत गणेश सुवेदी सञ्चालन गर्नुभएको थियो ।चितवन उद्योग वाणिज्य संघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0