सुमेरु सेकुरिटिज प्रा.लि. ले पोखरा मा ,ब्रोकर नम्बर ३९ को शाखा खुलाएको छ। शाखा को उद्घाटन ,नेकपा एमालेका युवा इन्चार्ज महेश बस्नेत
पोखरा मा नयाँ ब्रोकर एकाउन्ट शाखा खुल्यो। सुमेरु सेकुरिटिज प्रा.लि. ले पोखरा को सिर्जनाचोक अबस्थित गोल्डेन सिटि कम्प्लेस मा ब्रोकर नम्बर ३९ को शाखा खुलाएको छ। शाखा को उद्घाटन आजका प्रमुख अतिथि माननीय पूर्व उद्योगमन्त्री, पोलिटब्युरो सदस्य तथा नेकपा एमालेका युवा इन्चार्ज महेश बस्नेत ज्यु ले गर्नु भएको थियो। अतिथिहरुमा चरक मेमोरियल हस्पिटल का प्रबन्ध निर्देशक समेत रहनु भएका कपिल पोख्रेल ,किरण थापा ,राजिब पाहारी ,सम्पन्न श्रेष्ठ लगाएत अन्य अतिथिहरु रहनु भएका थियो। कार्यक्रम संचालक भने रोशन पौडेल हुनुहुन्थ्यो। कार्यक्रम प्रस्तोता रोशन पौडेल ले हामीले शुरुवाती चरण मा हात्तीसार ललितपुर मा थियो भने हालका दिन मा आफ्नै ,विल्डिंग काठमान्डौ को ज्ञानेश्वरबाट संचालन गर्दै आएको र अहिले दोस्रो शाखा पोखरा मा सन्चालन गर्न लाइरहेका छौ, त्यसै गरि झापा को बिर्तामोड मा केहि बर्ष भित्र अर्को शाखा पनि खोलिनेकुरा को जानकारी गराउनु भएको छ। म आझ मात्रै झापा बाट आएको छु ,हामि सहित पोखरा भरि सहित ११ वटा स्टक /ब्रोकर शाखा हुने रहेको जानकारी गराउदछु ।
यसै कार्यक्रम को सभापतिको रुपमा रहनु भएका प्रेम कुमार अग्रवाल ,ले २०६३ /२०६४ साल बाट संथागत भएर फाउनडर भएर खोलेर चालाएर आज सम्म यहीं पुर्याई ,अहिले हाम्रो शाखा चाहिं कमि छ ,अहिले काठमाडौं र झापा मा खोलेर पनि राम्रो ब्रोकर को रुपमा स्थापित भएका थियौं ,अब चाहिं हामि सबै प्रदेश मा खोल्दै जाने लक्ष्य लिएका छौं ,हाम्रो क्यापिटल पनि धेरै बढीसकेको छ ,हामीले शुरुमा खोल्दा खेरि ५१ लाख बाट हामीले शुरु गरेको कम्पनि आज हाम्रो ३० करोड को हाराहारीको नेटवर्क छ , र हामीले यक्दमै राम्रो सेवा दिने ब्रोकर मा स्थापित गर्न सकेका छौ , र अझै यसलाई कमि कमजोरी भयको ठाउं मा सुधार्ने लाने विस्वास दिलाउन चाहान्छौ,शेयर भन्ने कुरा धेरै मान्छे लाइ थाहा छैन , यो बाट ,कसरि कमाइ हुन्छ , कसरि नाफा हुन्छ ,कतिपय मान्छेले बुझ्दैन मलाइ नि सोध्छन , यो शेयर भनेको के हो भाइ भनेर सोध्छन ,यो शेयर भनेको कम्पनि को क्यापिटल हो ,यस बाट चाहिँ कम्पनीको ले कमाको पैसालाई दिन्छन ,तर यसमा धेरै मानिसले रिक्स लिएर पनि खेल्ने गरेका छन् , म डुबें ,म बिग्रे पनि भन्ने गर्छन।
त्यसका लागि चाहिं तपाईं हामीले बुझेर मात्र लगानी गर्नुपर्दछ ,हामीले सचेतना कार्यक्रम चलाइरहेका छौ , हामीले काठमाडौं मा हरेक शुक्रबार फ्री क्लास पनि दिईरहेका छौ , जबकि लगानीकर्ता ले बुझेर मात्र लगानी गर्न सकुन भनेर ,कम्पनि को प्रोफिट चाहिं प्रत्येक शेयर मा हिसाब हुने र प्रत्येक कम्पनी को प्रोफिट शेयर धनि हुन्छर त्यो मानिस ले नै पाउने हो , कसैले रिक्स लिएर काम गर्छ भने चाहिं तेस्को जिम्वेवार आँफै हुनु पर्छ /त्यसको जिम्बेबार स्वयम् नै हुन्छ ,यो राज्य को ट्याकस पनि संकलन हुने क्षेत्र हो , तर राज्य ले यो क्षेत्रलाई ध्यान नै नदिएको निरुत्साही गरेको जस्तो देखिन्छ,भनि बताउनु भएको थियो । त्यसै गरि चरक मेमोरियल हस्पिटल का प्रबन्ध निर्देशक समेत रहनु भएका कपिल पोख्रेल ले सुन्दर नगरी पर्यटकीय पोखरा मा नयाँ ब्रोकर सुमेरुले विस्तार गरेको मा अध्यक्ष्य लाइ धेरै धन्यवाद दिनु भयो। जस्ले गर्दा युवा ब्यबसायीहरुलाई शेयर कारोबार गर्दा आर्थिक कारोबार मा ट्रान्सपरेन्सी मद्दत पुग्ने छ , भने विधार्थीभाइ बहिनीहरुलाई पढ्दै र शेयर व्यबसाय अगाडी बढाउँदा व्यबसाय संग जोडिन पनि मद्दत पुग्ने छ। जस्ले गर्दा बिधार्थिहरु लाइ ब्यबसाय को अनुभूति ग्रहण गर्न पनि मद्दत पुग्ने भएकाले विधार्थीहरुको लागि पनि उत्तम हुने अपेक्षा राखेको छु भनि बताउनु भएको थियो।