Monday Dec 23, 2024
We Are Connecting The World By Real News

BYD अन्तराष्ट्रिय बेलुन महोत्सव पोखरा मा  अन्तिम तयारी 

 

BYD अन्तराष्ट्रिय बेलुन महोत्सव पोखरा मा  अन्तिम तयारी

 

पर्यटनको राजधानि पोखरामा पोखरा पर्यटन परिषद र बेलुन नेपाल प्रा.लि को संयुक्त आयोजनामा यही पुष ९ देखि १७ गते (डिसेम्बर २४ देखि जनवरी १ तारिख) ९ दिन सम्म आयोजना हुने BYD अन्तर्राष्ट्रिय बेलुन महोत्सव (फेस्टिभल) को तयारी अन्तिम चरणमा पुगेको छ। सुन्दर नगरी पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने महोत्सवमा नेपाल सहित १५ देशका अन्तराष्ट्रिय बेलुन पाइलटहरु सहभागि हुने भएको छ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको उक्त महोत्सवको स्थानिय संयोजकको रुपमा फेवा क्ल्ब रहेको छ। पोखरा २३ र २४ मा पर्ने फेवा फॉटमा करिब ३०० रोपनी क्षेत्रफल मा हुने महोत्सवमा सहभागि हुन विभिन्न देशका बेलुन पाइलट नेपाल आउने क्रम सुरु भई सकेको , २० भन्दा बढी बेलुन उडाउने , २० भन्दा बढी कलाकारहरुको प्रस्तुति हुने, २५ वटा cctv क्यामारा जडान हुने, १५ जना सेकुरीटि गार्ड को ब्यबस्था, ५ जना गाइड राखीएको आजको पत्रकार सम्मेलन मा जानकारी गराइएको थियो । क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर हुन लागेको महोत्सवमा नेपाल सहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स , नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, बेल्जियम , ब्राजिल ,अष्ट्रेलियन देशका बेलुन सहित बेलुन पाइलटहरुको सहभागि हुने भएको छ। महोत्सव अवधिमा विहान ६:०० बजे देखि ९:०० बजेसम्म विभिन्न देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटहरूले हट एयर बेलुनको उडान गर्नुहुने भएको छ ।सबिन महर्जनको संयोजकत्वमा हुने उक्त महोत्सवमा आवश्यक शान्ति सुरक्षामा समेत व्यबस्थित पारेको मा विज्ञप्ति मा उल्लेख गरिएको छ।

महोत्सव स्थलसम्म जानको लागि सटल बसको व्यवस्था मिलाएका छौ। महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फुड स्टल, मेला र विभिन्न खेल समेत हुने भएको छ। महोत्सवमा राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य, राजु लामा, एलिना चौहान, कुमार सागर लगायत स्थानीय कलाकार र व्यान्डले सांगीतिक प्रस्तुति पनि हुने भएको छ। महोत्सवको विशेष आकर्षणको रुपमा सूर्योदय र सूर्यास्त बेलुन उडानः पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउंहरूको सुन्दर दृश्य, नाइट बसुन ग्लो बेलुनहरू रातको आकाशमा झिलिमिली गर्दै, आगो खेल, क्रिसमस इन नयाँ वर्षको इभ, काठमाण्डौको कुमारी नृत्य र बर्ज योगीनी लगायतका कार्यकम प्रस्तुतः हुने भएको छ। महोत्सवमा डिसेम्बर २४ देखि २६ तारिख सम्म विभिन्न व्याण्ड सहितको प्रस्तुती रहने भएको छ भने महोत्सवमा २७ देखि ३५ तरिखसम्म बेलुन उडान तथा विभिन्न सास्कृतिक कार्यक्रम हुने भएको छ। जनवरी १ तारिखमा साङ्गेतिक कार्यक्रम प्रस्तुती हुने भएको छ । साथै महोत्सवमा विभिन्न खानाका परिकार सहितका अन्य केही स्टलहरु समेत रहने भएका छन् ।

वि.वाई. डी. (BYD) को मुख्यः प्रायोजनमा हुने महोत्वसलाई सफल पार्न पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड तथा गण्डकी प्रदेश सरकार प्रबर्द्धकमा रहेका छन भने परिचय एडभरटाइजिङ, व स्लिप्स, बल्डं लिक, यति एयरलाइन्स, साग्रिला फेट कुरियर लगायतका संघ संस्थाको सहयोग हुने भएको छ। यसैविच, उ‌द्घाटनको अवसरमा पुष ९ गते पोखराको भकुण्डेदेखि विभिन्न जनजातिको भेषभूषा सहितको झांकी समेत प्रर्दशन हुने भएको छ । उक्त कार्यकम गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डे ज्यूको प्रमुख आतिथ्यतामा, नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डे ज्यूको विशिष्ट आतिथ्यतामा उ‌द्घाटन हुने तयारी हुनेभएको छ।पोखरामा सन २०१८ देखि व्यवसायीक रुपमा हट एयर बेलुन संचालन हुदै आएको छ।

यस महोत्सवको ब्रान्ड एम्बासडर राजेश हमाल र प्रियंका कार्की रहनु भएको छ। पोखरा र आसपासका सम्भावित विभिन्न साहसिक खेलकुदको पहिचान सहित पोखरालाई साँच्चिकै साहसिक खेलकुदको गन्तव्य बनाउन यस कार्यक्रमले थप टेवा पुग्ने हामीले आयोजक को दावी छ ।

Facebook Comments