NEW MODEL SECONDARY SCHOOL को बस दुर्घटना
मिति २०८१।०५।०७ गते अं.१५:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन चोक स्थित हिमालयन आँखा अस्पताल नजिकै भित्री सडक खण्डमा ऐ.८ नागढुङ्गा स्थित रहेको
NEW MODEL SECONDARY SCHOOL को ग १ क ४६६१ नं. को बिद्यार्थी बोकेको स्कुल बस चालकले नियन्त्रण गुमाई सडकबाट अं.३ मिटर तल खस्न गई पार्किङ गरी राखेको निम्न ट्याक्सी माथि पर्न जाँदा
बस चालक जिल्ला स्याङ्जा भिरकोट न.पा.२ बयरघारी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ कृष्णटोल बस्ने वर्ष ५४ को दल बहादुर गुरुङ घाईते भई उपचारको लागि गण्डकी मेडिकल
कलेज पठाएको, निजको अबस्था मध्यम रहेको । बसमा २० जना बिद्यार्थीहरु सवार रहेका विद्यार्थीहरु सबै सकुसल रहेको कुनै चोटपटक नभएको । घटनास्थलमा वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली
खटिई गएको ।
क्षति भएका निम्न ट्याक्सीहरु:-
१) ग १ ज २९३४ नं. को ट्याक्सी अगाडि र पछाडिको भाग क्षति ।
२) ग१ ज २२४१ नं. को ट्याक्सी अगाडिको भागमा क्षति ।
३) ग १ ज ४१८० नं. को ट्याक्सी बम्पर र सिसा फुटी क्षति ।