
काठमाडौँ, चैत्र ५ गते
२०८१ सालको कक्षा १० को SEE परिक्षामा पाँच लाख चौध हजार एकहत्तर जना विधार्थीहरु ले परिक्षा दिने भएका छन् ।परीक्षा नियन्त्रण कार्यालय,सानोठिमी, भक्तपुर का प्रमुख नियन्त्रक नन्दलाल पौडेल का अनुसार २०८१ साल चैत्र ७ गते देखि संचालन हुने SEE परिक्षामा पाँच लाख चौध हजार एकहत्तर जना विधार्थीहरुले परिक्षा दिने बताउनु भएको छ। देश भरि मध्य बाट एघार हजार दुइ सय सोह्र विधालयहरु बाट विधार्थीहरु सहभागी हुने भएका छन्। सबै भन्दा बढी काठमाडौँ बाट उनन्चालीस हजार सात सय उन्न्नाइस जना र सबै भन्दा कम मनाङ्ग जिल्ला बाट ४५ जना विधार्थीहरुले परिक्षा दिने भएका छन्। छात्रा तर्फ पच्चीस लाख सात हजार सात सय तिस , छात्र तर्फ पच्चीस लाख छ हजार तिन सय एघार र अन्य तिस जना ले परिक्षा दिने भएका छन्। ति मध्य बाल सुधार गृह बाट एक्काइस जना , कारागार बाट पच्चीस जना र स्कुल बाट ४ जना विधार्थीहरु पनि सहभागी हुने भएका छन्।परिक्षा भने चैत्र ७ गते विहान ८ बजे देखि ११ बजे सम्म संचालन हुने भएको छ।
