भरतपुर,श्रावण ६ गते
चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको सन्दर्भमा सम्झौता
चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला २०८३ को सन्दर्भमा छिमेकी मुलुक बङ्गलादेशमा उत्पादन भएका गार्मेन्ट तथा छालाजन्य उत्पादनहरुको प्रदर्शनीका लागि स्टल सहभागिता गराउने उद्देश्यका साथ चितवन उद्योग संघ, चितवन उद्योग संघ, महिला उद्यमी मञ्च र बङ्गलादेश–नेपाल चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका प्रतिनिधिहरु बीच सम्झौता गरिएको छ ।
सम्झौता पत्रमा चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी विभागका विभागीय प्रमुख गजेन्द्र अधिकारी र बङ्गलादेश–नेपाल चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका अध्यक्ष नविन थापाले हस्ताक्षर गर्नुभएको थियो । सम्झौतामा २०८३ भाद्र १९ गतेदेखि २१ गतेसम्म आयोजना गरिने मेलामा दुबै संस्थाहरुले प्राप्त गर्ने सेवा, सुविधा, छुट, सञ्चालन प्रक्रिया लगायतका विषयमा स्पष्ट रुपमा उल्लेख गरिएको छ । पत्रमा आयोजक संस्थाले विदेशी प्रदर्शकहरुको लागि बस्न, प्रदर्शनी स्थलसम्म आउने जाने लगायतका विषयम समेत सहजीकरण गर्ने भएको छ ।
सम्झौता पत्रमा चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सरिता खनाल पौडेल, बङ्गलादेश–नेपाल चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजकी कार्यसमिति सदस्य सरिता भट्टराई श्रेष्ठ, चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी निवर्तमान अध्यक्ष सृजना सोती, उद्यमी अन्जान ढकाल लगायतले समेत हस्तक्षार गर्नुभएको थियो । सम्झौता अघिको छलफलमा चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेल, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, साकोस व्यवस्थापक प्रमिला थापा, सञ्चार अधिकृत राजु भट्ट, कार्यक्रम अधिकृत कल्पना आचार्य लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

