काठमाडौँ,फागुन १९ गते

शुभकामना र अनुरोध

असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजय प्रतीक
रङहरूको महापर्व फागु पूर्णिमा (होली) को सुखद अवसरमा
सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा आदरणीय महानगरवासीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं आपसी सद्भावका वृद्धिका साथै नयाँ उत्साह, उमङ्ग र सकारात्मक उर्जा प्राप्तिका लागि मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

आपसी सद्भाव कायम राख्दै सभ्य, सुरक्षित र मर्यादित होली मनाउन हार्दिक आह्वान

📌स्वास्थ्यमा नकारात्मक असर पार्ने रसायनिक रङ, फोहर पानी वा मोबिल जस्ता पदार्थहरुको प्रयोग नगरौँ । प्राकृतिक र सुरक्षित रङको प्रयोगलाई प्राथमिकता दिऔँ ।
📌पर्वमा कसैको इच्छा विपरीत रङ नदलौँ, अपरिचितलाई लोला प्रहार नगरौँ, अरुको निजी स्वतन्त्रता र भावनाको सम्मान गरौँ ।
📌पैदलयात्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित उच्छृङ्खल गतिविधि नगरौँ ।
📌 सवारी चलाउँदा ट्राफिक नियमको पूर्ण पालना गरौँ ।
📌 मादक पदार्थ सेवन गरी सवारी चलाउने वा होहल्ला गर्ने नगरौँ ।
📌 पानीको अपव्यय नगरौँ र प्लाष्टिकको अनुचित प्रयोग नगरौँ ।
📌 स्थानीय प्रशासनले जारी गरेका निर्देशनहरुको पालना गरौँ स्रोत: काठमाडौँ महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0