Home Top-Headline निर्वाचन सुरक्षा तयारी पूरा, मतदानमा सहभागी हुन आव्हान : केन्द्रीय सुरक्षा समिति

निर्वाचन सुरक्षा तयारी पूरा, मतदानमा सहभागी हुन आव्हान : केन्द्रीय सुरक्षा समिति

0
काठमाडौं,फागुन २० गते
निर्वाचन सुरक्षा तयारी पूरा, मतदानमा सहभागी हुन आव्हान : केन्द्रीय सुरक्षा समिति
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ ।
गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ लिइएको र सोही अनुरूप निर्वाचनको सुरक्षा तयारी पूरा भएको बैठकले निष्कर्ष निकालेको हो ।बैठकले संवेदनशील क्षेत्रमा हेलिकोप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि हुनसक्ने विषयमा सम्भावित सूचना सङ्कलन गर्ने, कानुन विपरितका गतिविधि भए–गरेको पाइएका कानुन बमोजिम तुरुन्त कारबाही गर्ने लगायतका निर्णय गरेको छ ।
यस्तै बैठकले निर्वाचनको सुरक्षा व्यवस्थापन चुस्त दुरुस्त बनाइएकाले सबैलाई भोलि हुने निर्वाचनमा ढुक्क भएर मतदानमा सहभागी हुन आव्हान गर्ने निष्कर्ष समेत निकालेको छ । स्रोत: chandragiri metro
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here