
काठमाडौं,चैत्र २ गते
चन्द्रागिरि निवासी सांसद भुमिका श्रेष्ठ !
काठमाडौं । पछिल्लो राजनितिक परिवर्तनमा चन्द्रागिरि निवासी भुमिका श्रेष्ठ सांसद बनेकी हुन ।
प्रतिनिधी सभा सदस्य समानुपातिक तर्फबाट राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)ले भुमिकालाई सांसद बनाएको हो । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ मा स्थायी बसोवास गर्ने भुमिका आदिवासी जनजाती कोटाबाट सांसद बनेकी हुन । श्रेष्ठ नेपालमा प्रतिनिधिसभामा पुग्ने पहिलो ट्रान्सजेन्डर महिला हुन ।
२०४४ साल पौष २७ गते नैकापमा जन्मिएका उनको सुरुवाती नाम कैलाश श्रेष्ठ हो । झण्डै ११ वर्षको हुँदा अरुभन्दा फरक भएकोे महशुस भए पछि सुरुमा उनलाई पहिचान स्वकार्न समेत गाह्रो भयो । आफन्त र समाजले हेर्ने दृष्टि नकारात्मक थिए । छोरा भएर जन्मिएपनि लैंगिक पहिचानको अभावबाट ग्रसित थिए । कैलाश श्रेष्ठलाई भूमिका श्रेष्ठमा ल्याउन आँट गर्दै लैंगिक पहिचानलाई स्वकार्नका लागि बिभिन्न क्षेत्रमा संघर्ष र मेहनत गर्दै उनले यो स्थान हासिल गरिकी हुन ।
सन २००४ मा उनले टेलिभिजनमा तेस्रोलिंगीको रुपमा खुलेर अन्तरवार्ता दिएसंगै धेरै तेस्रोलिंगीहरु खुलेर बाहिर आएका थिए । ।२०७६ सालमा उनको योगदानको कदर गर्दै वेलायत स्थित एपोलिटिकल संस्थाले उनलाई विश्वका एक सय प्रतिभाशालि व्यक्ति मध्यमा छानेको थियो भने अमेरिकी विदेश मन्त्रालयद्वारा सन २०२२ मा ’अन्तर्राष्ट्रिय साहसी महिला’ अवार्डबाट सम्मान गरेको थियो ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी भूमिका श्रेष्ठले अधिकारको लडाईमा दिएको निरञ्तरता र समुदायको अधिकारहरूको लागि आवश्यक निति नियम बनाउने थलोमा उनको प्रतिनिधीत्वले तेस्रो लिङ्गीको अधिकारलाई व्यवहारमा उतार्न अहं भुमिका खेल्ने अपेक्षा राखिएको छ ।
त्योसोत उनी सन् २००८ मा नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिमा सहभागि भएकी थिइन ।तेस्रो लिङ्गीको नीति नियमका लागि राजनीतिमा योगदानको आवश्यकता रहेको भन्दै पछिल्लो समय भने उनी राष्ट्रिय स्वतन्त्र पाटीमा अवद्ध भएकी थिइन ।स्रोत : Chandragiri Metro
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1