Home Top-Headline काठमाडौंको गोकर्णेश्वर स्थित एक महिलाको हत्यामा संलग्न १ नाबालक सहित ५ जना पक्राउ

काठमाडौंको गोकर्णेश्वर स्थित एक महिलाको हत्यामा संलग्न १ नाबालक सहित ५ जना पक्राउ

0

मिति २०८१/११/२४ गते अं. ११:५० बजे काठमाडौं जिल्ला गोकर्णेश्वर
नगरपालिका वडा नं. ७ नामी कलेज नजिक बागमती खोलाको बिच भागमा
बोरा भित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०/३५ की महिला मृत
फेला परेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली खटिई
गई शव पो.मा.का लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज पठाइएकोमा
प्रारम्भिक अनुसन्धानको क्रममा निजको हत्यामा तपसिलमा उल्लेखित
व्यक्तिहरुको संलग्नता खुल्न आएकोले उपत्यका स्थित विभिन्न स्थानबाट
निजहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं समेतको प्रहरी टोलीले पक्राउ गरी
सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ६ (छ) को म्याद थप अनुमति
प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

पक्राउ प्रतिवादीहरुः
१. जिल्ला सर्लाही बागमती ढुङगेखोला घर भई हाल काठमाडौं जिल्ला
गोठाटार बस्ने वर्ष २५ को कैलाश
खड्का ।
२. जिल्ला मकवानपुर हेटौडा शिखरपानी घर भई हाल ऐ. गोठाटार कृष्ण
मन्दिर बस्ने वर्ष २० को सुरेश तामाङ ।
३. जिल्ला नुवाकोट मेघांग – ४ देउराली घर भई हाल ऐ. गोठाटार कृष्ण मन्दिर
बस्ने वर्ष २४ को रोशन तामाङ ।
४. जिल्ला सिन्धुपाल्चोक तिपिने घर भई हाल ऐ. गोकर्णेश्वर बस्ने वर्ष २० की
पुजा परियार ।

मिति
:२०८१।११।२५
गते

५. एक नाबालक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here