Home Top-Headline नेपाल कृषि मेशिनरी व्यवसायी संघद्वारा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री ज्यूलाई १६ बुँदे ज्ञापनपत्र बुझाए

नेपाल कृषि मेशिनरी व्यवसायी संघद्वारा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री ज्यूलाई १६ बुँदे ज्ञापनपत्र बुझाए

0
काठमाडौँ , फागुन २६ गते
नेपाल कृषि मेशिनरी व्यवसायी संघद्वारा समग्र कृषि यान्त्रिकीकरणको प्रवर्द्धन, नीति निर्माण र सहजीकरणका लागि यस संघका अध्यक्ष श्री कृष्ण शर्मा ज्यू मार्फत नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री ज्यूलाई १६ बुँदे ज्ञापनपत्र बुझाइएको छ।
यस ज्ञापनपत्र मार्फत कृषी यन्त्र प्रविधि तथा उपकरणहरुको गुणस्तर र सहज पहुँच, अनुदान प्रक्रिया पारदर्शिता, भन्सार नीतिको सुधार, व्यवसायी तथा कृषकलाई आवश्यक सहुलियत, तालिम तथा प्रविधि हस्तान्तरण ( एक पालिका एक वर्कशप), कृषि यान्त्रीकरण लाई महत्वपूर्ण कृषि इनपुट रूपमा राखनुपर्ने, सार्वजनिक निजी साझेदारी को विकास का साथै अध्यनमा जोड, स्वदेशी उत्पादन प्रोत्साहन नितीमा जोड, भु -उपयोगी निती कार्यन्वयनमा जोड, महिला र जलवायू मैत्री कृषि यान्त्रीकरण मा जोड, कृषि यान्त्रीकरण प्रवर्दन निती २०७१ लागु गर्नु का साथै ऐन बनाई कार्यन्वयन मा ल्याउनुपर्ने, कृषि यन्त्र परिक्षण केन्द्र पूर्ण संचालमा ल्याउनुपर्ने जस्ता महत्वपूर्ण विषयहरुमा सरकारको ध्यानाकर्षण गराइएको छ।
कृषी यान्त्रीकरण व्यवसायलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र आत्मनिर्भर बनाउने दिशामा यो पहल महत्वपूर्ण कदम हुनेछ भन्ने हाम्रो विश्वास छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here