मिति २०८१।१२।०६ गते अन्दाजी २१:३० बजेको समयमा जिल्ला कास्की पोखरा
महानगरपालिका वडा नं.१७ छोरेपाटन स्थितमा लागू औषध कारोवार भई रहेको भन्ने
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा
कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला म्याग्दी स्थाई वतन भई हाल
जिल्ला कास्की पोखरा म.न.पा. वडा न.११ रानिपौवा बस्ने बर्ष २६ की एलिना सोतोन्जा
पुन, जिल्ला कास्की माछापुच्छ्रे गा.पा. वडा नं.०३ बस्ने बर्ष ४१ को सार्जन गुरुङ र ऐ.ऐ.
वडा नं. ६ बस्ने बर्ष ३० को सुजन गुरुङलाई खानतलासी गर्दा कालो झोलामा लुकाई
छिपाई राखेको लागू औषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ३४०
मिलिग्राम, लागू औषध बुप्रिनर्फिन १४४ एम्पुल, डाईजापाम १४३ एम्पुल, फेनरागन १४२
एम्पुल गरी जम्मा ४२९ एम्पुल र मोवाईल ४ थान बरामद भएको हुँदा निजहरुलाई
नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन
सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0