जिल्ला प्रहरी परिसर ,काठमाडौँ
जिल्ला सर्लाही चक्रघट्टा गा.पा. वडा न. ८ स्थायी वतन भई हाल जिल्ला
काठमाडौं, गोकर्णेश्वर न.पा. वडा न. ५ बाहुनधारा बस्ने वर्ष १९ को राहुल साह
मिति २०८१-१२-११ गतेदेखि हराएको भनि प्रहरी वृत्त बौद्धमा जानकारी प्राप्त
भई खोजतलास गर्ने क्रममा मिति २०८१-१२-१५ गते ऐ. गोकर्णेश्वर न.पा. वडा
नं. ८ माकलबारीमा संचालित आर.के. मोटरसाईकल वर्कसपको पछाडी रहेको
जमिनमा गाडिएको अवस्थामा निजको शव फेला परेको ।
उक्त घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा लेनदेनको विषयलाई लिई
तपसिलमा उल्लेखित व्यक्तिहरुले निजको हत्या गरेको खुल्न आएकोले
निजहरुलाई पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच)
को म्याद थप अनुमति प्राप्त भई थप अनुसन्धान भईरहेको ।
पक्राउ परेका प्रतिवादीहरुः
१. जिल्ला सर्लाही, चक्रघट्टा गा.पा. १ घर भई हाल जिल्ला काठमाडौं,
गोकर्णेश्वर न.पा. ५ बाहुनधारा बस्ने वर्ष २२
को निपु मण्डल,
२. ऐ. वडा नं. ६ बस्ने वर्ष १८ को बिजय यादव,
३. ऐ. बस्ने वर्ष १८ करन कुमार महतो,
४. ऐ. स्थायी घर भई हाल गोकर्णेश्वर न.पा. वडा नं. ५ बस्ने वर्ष २३ को जोधन
मण्डल,
५. ऐ. वडा नं. १ बस्ने बर्ष ४५ को उत्तम मण्डल,
६. देश भारत, बिहार घर भई हाल जिल्ला काठमाडौं, ऐ. ७ दक्षिणढोका वस्ने
वर्ष २९ को सुनिल शर्मा
जिल्ला प्रहरी परिसर ,काठमाडौँ

