
काठमाडौँ, चैत्र २० गते
क्ल्सटर लिड्स’ (Cluster leads) रहेका संघीय मन्त्रालय र ‘क्ल्सटर को-लिड्स’ (Cluster Co-leads) मा रहेका विभिन्न राष्ट्रसंघीय निकाय, आइएफआरसी/रेडक्रस तथा सेभ द चिल्ड्रेनका प्रतिनिधिहरुको संयुक्त बैठक सम्पन्न भएको छ।
बैठकमा प्राधिकरण, ‘क्ल्सटर लिड्स’ एवं ‘क्ल्सटर को-लिड्स’ बीचको समन्वय एवं एकद्वार ‘रिपोर्टिङ’ प्रणाली स्थापित गर्न मानक कार्यविधि तथा आगामी वर्षको मनसुनका लागि ‘मनुसन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना’ तयारी सम्बन्धमा छलफल भयो।
त्यसैगरी, गोरखा भूकम्पको दस वर्ष पूरा भएको सन्दर्भमा आगामी २०८२ बैशाख १२ गते आयोजना गरिन लागिएको कार्यक्रमको ढाँचा र सहभागिता सम्बन्धी पनि छलफल भएको छ।
विपद्को पूर्वतयारीदेखि प्रारम्भिक पुनर्लाभसम्मका लागि ११ वटा क्लटर छन्। तिनमा खाद्य सुरक्षा, स्वास्थ्य, पोषण, खानेपानी तथा सरसफाइ, शिक्षा, सुरक्षा, आवास, ‘क्याम्प’ समन्वय, बन्दोबस्ती, प्रारम्भिक पुनर्लाभ र आपतकालीन संचार पर्दछन्।
हेलो गृह मन्त्रालय United Nations Nepal
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

