काठमाडौँ, बैशाख ७ गते

मिति २०८२।०१।०६ गते अ. ९:५० बजेको समयमा का.जि.
का.म.न.पा वडा नं १० स्थित रत्नराज्य मा.वि. नयाँबानेश्वरमा नेपाल
प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौंद्वारा प्रकाशित बिज्ञापन
अनुसार सञ्चालित प्रहरी जवान पदको लिखित परीक्षामा अन्य
व्यक्तिको नाममा परीक्षा दिई रहेका तपसिल बमोजिमका व्यक्तिहरुलाई
फेला पारी निजहरुलाई पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला
अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति प्राप्त भई अनुसन्धान
भईरहेको ।
पक्राउ मानिसहरुः
१. जिल्ला दोलखा, जिरी न.पा वडा नं ९ घर भई हाल का.जि बालाजु
बस्ने अ. वर्ष २३ को मोहन सुनुवार
२. जिल्ला कालिकोट, शुभकालिका गा.पा वडा नं ७ घर भई हाल
का.जि लैनचौर बस्ने अ. वर्ष २४ को गोपाल शाही
३. जिल्ला सुर्खेत, बिरेन्द्र नगर न.पा वडा नं ५ घर भई हाल का.जि
माछापोखरी बस्ने अ. वर्ष २२ को मनोज शर्मा
४. जिल्ला दैलेख, भैरवी गा.पा वडा नं ५ घर भई हाल का.जि बानेश्वर
बस्ने अ. वर्ष २२ को आकाश खड्का
५. जिल्ला सुर्खेत, बिरेन्द्रनगर न.पा वडा नं ११ घर भई हाल का.जि
माछापोखरी बस्ने अ. वर्ष २० को उमेश शर्मा
६. जिल्ला जुम्ला, तिला गा.पा वडा नं २ घर भई हाल का.जि बालाजु
अ. वर्ष २२ को मिन रावल
बरामद दसीः
१. अर्काको फोटो टाँस गरेको सक्कल प्रबेश पत्रहरु र नागरीकताको
प्रतिलिपीहरु

मिति :
२०८२।०१।०७ गते

जिल्ला प्रहरी परिसर काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0