
काठमाडौं,बैसाख ८ गते
मिति २०८१ चैत्र १५ गते, जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.३२ तीनकुने
स्थित खुल्ला चौरमा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ
महाअभियान नेपाल” द्वारा आयोजित प्रदर्शनका क्रममा भएको घटनाको
अनुसन्धानको सिलसिलामा निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा
आगजनी लगायतका आपराधिक कार्यमा संलग्न जिल्ला झापा, अर्जुनधारा न.पा.
५ घर भएका वर्ष ४८ को ओम प्रकाश लुईटेल लाई नियन्त्रणमा लिइ सम्मानित
काठमाडौं जिल्ला अदालतबाट दिन ४ (चार) को मिलान म्याद थप अनुमति
प्राप्त भई अनुसन्धान भइरहेको ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

