
काठमाडौँ,बैशाख १० गते
सम्पत्ति कर, घरबहाल कर, व्यवसाय रजिष्ट्रेसनलगाएत शीर्षकमा महानगरपालिकाको राजस्व वृद्धि
२०८२ बैशाख ७ गतेसम्ममा काठमाडौँ महानगरपालिकाले ७ अर्व २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ राजस्व संकलन गरेको छ । यस दिनसम्म गएको आर्थिक वर्षसम्म तुलना गर्दा घरबहाल करमा २५ करोड ५३ लाख २ हजार ४२ रुपैयाँ बढी संकलन भएको छ । यस शीर्षकमा आर्थिक वर्ष २०८०/०८१ मा १ अर्व ८६ करोड १२ लाख ८२ हजार २२९ रुपैयाँ संकलन भएको थियो । राजस्व विभागका प्रमुख दिपक अधिकारीका अनुसार यस शीर्षकमा चालु आर्थिक वर्षको यस अवधिमा २ अर्व ११ करोड ६५ लाख ८४ हजार २७२ रुपैयाँ राजस्व संकलन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

