
काठमाडौँ,बैसाख १० गते
विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि प्राधिकरणको नेतृत्व र विश्व खाद्य कार्यक्रमको प्राविधिक सहायतामा मंगलबारदेखि आयोजना भएको दुई दिने Fundamentals of Adaptive & Shock-Responsive Social Protection सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।
कार्यशालामा स्थानीय तह, प्रदेश सरकार र संघीय मन्त्रालयका सामाजिक सुरक्षा तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षेत्र हेर्ने कर्मचारीहरुको उपस्थिति थियो। कार्यक्रमको उद्घाटन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले गर्नुभएको थियो। मापदण्डलाई प्रभावकारी कार्यान्वयन गर्नको लागि यसै आर्थिक वर्षमा प्रदेश र स्थानीय तहसम्म थप कार्यशाला गोष्ठी आयोजना गरिनेछन्।स्रोत NDRRMA
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

