
पोखरा ,बैसाख १८ गते
वायु प्रदूषण र विपद्को अवस्थालाई व्याख्या गरी सोही अनुरुपको व्यवस्थापनको स्पष्ट योजना बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
वायु प्रदूषण बढाउने कुराहरुको पहिचान गरी त्यसलाई वर्गीकरण गर्नु पर्ने उहाँहरुको धारणा छ ।
प्राधिकरणमा सम्पन्न ‘वायु प्रदूषणजन्य विपद् सम्बन्धी कार्ययोजनाको मस्यौदामाथिको छलफल’मा सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् । छलफलमा प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश भट्टले वायु गुणस्तर मापन (AQI)को एउटा बिन्दुलाई आधार बनाएर कतिसम्म प्रदूषण बढ्दा कुन स्तरको विपद् हुने भन्ने निर्क्योल गर्नु पर्ने बताउनु भयो । कार्ययोजनामा सोही अनुसार प्रदूषण बढाउन मुख्य भूमिका रहेका क्षेत्रहरुको पहिचान र बर्गीकरण गरी नियन्त्रणका उपायहरु पनि उल्लेख गर्नु पर्ने उहाँको सुझाव थियो । छलफलमा उद्योग मन्त्रालय, वातावरण विभाग, सडक विभाग, त्रिभुवन विश्वविद्यालय, वातावरणविद्, नेपाल यातायात व्यवसायी महासंघ तीनवटै सुरक्षा निकायलगायतका प्रतिनिधिहरुको सहभागिता थियो ।स्रोत National Disaster Risk Reduction & Management Authority
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

