पोखरा ,बैसाख १८ गते
जेठ ७ गतेदेखि टुँडिखेलमा सिप मेला २०८२ सुरु गरेर २ हजार ८२ जनालाई तालिम दिने महानगरपालिकाको तयारी छ – प्रमुख शाह
काठमाडौँ महानगरपालिकाले जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सिप मेला २०८२’ आयोजना गर्ने जानकारी दिँदै प्रमुख बालेन्द्र शाह (बालेन) ले यस संस्करणमा २ हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य रहेको बताउनुभएको छ । विश्व मजदुर दिवस २०८२ का सन्दर्भमा सुरक्षित, व्यवस्थित र दिगो श्रम बजारका विषयमा कुरा गर्दै उहाँले, सिपयुक्त जनशक्ति भए मात्र सुरक्षित रोजगारी हुने, उत्पादन वृद्धिमा योगदान हुने र यस चक्रबाट देशको आर्थिक समृद्धिमा योगदान पुग्ने बताउनुभएको हो ।स्रोत :काठमाडौँ महानगरपालिका-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0