काठमाडौँ,पोखरा बैसाख २० गते
उद्यमशीलता सिप विकास तालिम सुरु : थप ११ वटा वडामा ‘एक वडा एक उद्यम कार्यक्रम’
काठमाडौँ महानगरपालिकाले थप ११ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ शुभारम्भ गरेको छ । अघिल्लो आर्थिक वर्षमा थालिएका १५ वटामा ११ वटा वडा थपिएका हुन् । अब ६ वटा वडामा कार्यक्रम कार्यान्वयन हुन बाँकी छ । आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, गएको आर्थिक वर्षमा उद्यमी बन्नुभएका सहभागी र प्रशिक्षकलाई प्रमाण पत्र वितरण गर्दै चालु आर्थिक वर्षका तालिम कार्यक्रम शुभारम्भ गर्नुभएको हो । कार्यक्रम स्थलमा यस नमूना उद्यम सञ्चालन गर्ने समूहले तयार पारेका सामग्री प्रदर्शन गरिएको थियो । स्रोत:काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0