२०८१ पौष २३ गते , पोखरा बोधि श्रवण धर्म संघ नेपाल ले आज करिब आधा घण्टा को समय मा करिब १५,००० हजार को बोधि श्रवण धर्म संघ नेपालको अनुयायीहरुको उपस्थितिमा शान्तिका लागि मैत्रीपूर्ण खालि पैदल ऱ्याली  पोखराको नयाँबजार स्थित प्रदशनी स्थल हुँदै ,पृथ्वी चोक ,शान्ति वन बाटिका भै पुन कार्यक्रम स्थल प्रदशनी केन्द्र मै जम्मा भएको थियो। शब्द शब्द मा मिलन ,प्रेम ,आत्मियता हुनुपर्छ ,कोहिकसैलाई हानि नोक्सानी गर्न हुँदैन ,सबैलाई मैत्री भाव मा जोडाउनु पर्छ। अहंकार र रिस संग घमण्ड गर्नुहुँदैन , मानव- मानव मात्रै नभई वन वनस्पति , पशुपन्छी जगत लाइ वाधा दिनुहुँदैन , धर्मको उच्चतम गैराई सम्म पुग्ने भनेकै मैत्री धर्म हो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0