
पोखरा ,श्रावण ३ गते
नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति, कास्कीको आ.व. २०८१।८२ को वार्षिक प्रगति समिक्षा र आ.ब. २०८२।८३ को वार्षिक निती तथा कार्यक्रम २०८२ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय पोखरा को सभाहल मा सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति, कास्कीका अध्यक्ष श्री सुरेश कुमार श्रेष्ठको अध्यक्षतामा र वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री भेष बहादुर पौडेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बिशेष अतिथि /मुख्यान्यायधिबक्ता माननीय चिरन्जीवी शर्मा पौडेल ,नेनिक यु निवर्तमान बरिस्ठ उपाध्यक्ष्य श्री सुरेन्द्र प्रसाद अधिकारी,नेनिक यु केन्द्रिय उपाधक्ष्य श्री यज्ञ बहादुर ओली ,विशेष अतिथि /सल्हाकार नेनिक यु केन्द्रिय का श्री कृष्ण प्रसाद अर्याल ,पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय
पोखरा का महानिर्देशक डा. बाल कुमार श्रेष्ठ लगाएत अन्य विशेष अतिथि तथा अतिथिहरु सहभागी हुनु भएको थियो। कार्यक्रम संचालन भने इन्जिनियर सुमन शर्मा ले गर्नु भएको थियो। नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति, कास्की का उपाध्यक्ष्य श्री केदार सापकोटाले कास्की को युनियन भनेको ७७ वटै जिल्ला मध्य को एक नमुना हो , आजको यो कार्यक्रम भनेको बर्ष भरि हामीले के -के गर्यौं , के- के कुरा सिक्यौं , आगामी बर्ष मा नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति, कास्की लाइ कसरि अघाढी बढाएर लैजान सक्छौं ,भन्ने जानकारी दिने हेतुले यो कार्यक्रम राखिएको हो भन्ने बताउनु भएको थियो। उहाँले यो बर्ष हामीले धेरै कार्यक्रम गरिसकेका छौं ,निजामती कर्मचारी युनियन को सेवा सुविधा को बारे मा सम्बन्धित ठाउँ मा आवाज उठाइरहेका छौं , हामीलाई कुनै बेला लाग्ने आरोप ,आरोप होइन त्यो हाम्रो लागि प्रशंसा हो भनि बुझ्नु जरुरि रहेको बताउनु भएको थियो। उहांले समग्र गण्डकी प्रदेश का कर्मचारी युनियन साथीहरुलाई केहि दुर्घटना भयो भने बिमा को व्यबस्था पनि गरको बताउनु भएको थियो। नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति, कास्कीका अध्यक्ष श्री सुरेश कुमार श्रेष्ठ ले नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति, कास्की लाइ यौटा यौटा इट्टा थपेर एकता र बलियो बनाउन अहोरात्र खटिरहदा नयाँ आउने कार्यसमितिलाई ढोका खोल्न मद्दत गर्ने छ , ट्रेड युनियनमा नकारात्मक धारण धेरै छ यसलाई चिरेर अघि बढ्नु जरुरि छ। भन्दै आ व २०८१/८२ को वार्षिक प्रगति समिक्षा तथा २०८२/८३ को नीति तथा कार्यक्रम कार्य योजना प्रस्तुत गर्नु भएको थियो। उहाँले नीति तथा कार्यक्रम कार्य योजना प्रस्तुत गर्नु अघि कर्मचारी युनियन बलियो र एक ढिक्का बाउन संदेश मुलक कविता वाचन समेत गर्नु भएको थियो। जस्तै :
– बाटो धमिलो हुन्छ तर बन्द हुदैन त्यसै गरी जीवन अप्ठयारो हुन्छ तर नराम्रो हुदैन..त्यसैले
हरेक परिस्थितिमा धैर्य गर्दै, कार्य गर्दै जानु पर्छ गन्तव्य असहज हुदैन.
” कहिले सक्नु ठुलो छ काम भनि यो मान्दै न मान्नु डर ।
पुग्छन हेर हिडिरहेर मात्र कमिला हज्जार कोश पर ।
थालौला नि बखत छदैछ भनि यो भाका नराखे गर ।
पुग्दैनन गरुडै पनी नउडी त त्यो पाच भितै पर ।।
अध्यक्ष श्री सुरेश कुमार श्रेष्ठ ले कर्मचारी युनियन कास्कीको पृष्ठभूमि.कर्मचारी युनियन कास्कीको संगठनात्मक विवरण जिल्ला तर्फ ,कर्मचारी युनियन कास्कीको संगठनात्मक विवरण प्रदेश विभागिय तर्फ,कर्मचारी युनियनको उदेश्यहरु,कर्मचारी युनियन कास्कीको नीतिहरु,कर्मचारी युनियन कास्कीको रणनीतिहरु,कर्मचारी युनियनको कार्यक्रमहरु, कर्मचारी युनियनको मागहरु ,कर्मचारी युनियनको २०८१/२०८२ को क्रियाकलाफरु, कर्मचारी युनियनको मुख्य मुख्य उपलब्धिहरु ,कर्मचारी युनियनको आर्थिक विवरणहरु ,कर्मचारी युनियनको २०८२/२०८३ वार्शिक कार्य योजनाहरु ,कर्मचारी युनियनका चुनौतीहरु, अबको गन्तव्य ( WAY FOR WARD…) र बर्ष भरी संचालन गरिएका क्रियाकलापहरु को तस्विरहरु समेत प्रस्तुतीकरण गर्नु भएको थियो । नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति, पर्वत का अध्यक्ष्य श्री अर्जुन चापागाईं ले सबै निजामती साथीहरुले समधुर सम्बन्ध राख्यौं भने कर्मचारी कर्मचारी युनियन को एकतालाई बलियो बनाउँछ । युनियन कमजोर हुनु भनेको हाम्रो पार्टी कमजोर हुनु हो भनि बताउनु भएको थियो। नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति, तनहुँ का नि वर्तमान अध्यक्ष्य श्री नारायण अधिकारीले , यस्तो कार्यक्रम ले सबै लाइ संगठित बनाउन प्रेरणा दिन्छ। अहिले सम्म केन्द्रिय कार्य समिति ले यस्तो कार्य गर्न सकेको छैन ,त्येसैले नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति, कास्की लाइ बधाई व्यक्त गर्नु भएको थियो। नेपाल निजामती कर्मचारी युनियन, केन्द्रिय सदस्य शुश्री चित्रा ढकाल ले कुनै पनि यौटा मुद्दा लाइ मात्र हेरेर सम्पुर्ण कर्मचारी तन्त्रै खराब छ भनेर भन्न खोज्नु त्यो भ्रम मात्र हो , निजामती कर्मचारी ले केहि न केहि गर्न सक्छ , सरकार को मापदण्ड अनुरुप कर्मचारीले काम गरिरहेको हुन्छ , भन्दै उक्त कार्यक्रम को शुभकामना सहित बधाई व्यक्त गर्नु भयको थियो। , नेपाल निजामती कर्मचारी युनियन, केन्द्रिय सदस्य श्री बद्रि पौडेल ले जिल्ला अधिवेसन ले केन्द्रिय अधिवेसनमा सवल कर्मचारी र सफल नेतृत्व अघि सार्दछ भनि बताउनु भएको थियो। नेपाल निजामती कर्मचारी युनियन, केन्द्रिय सदस्य श्री काशी राम पौडेल ले अन्य जिल्ला का कर्मचारी ले पनि कास्की जिल्लाकै जस्तै उदाहरणिय काम गर्न सक्यो भने हाम्रो पार्टी लाइ सुध्रिधिकरण मा लैजान मद्दत गर्ने छ , बताउनु भएको थियो ।नेपालि कांग्रेस कास्की का सह सचिव नविन सिग्देल ले आजको यस्तो कार्यक्रम ले भात्रि संगठन लाइ बलियो बनाउन मद्दत गर्ने छ भन्दै कार्क्रम को भव्य सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो। नेपालि कांग्रेस कास्की का सह सचिव शंकर ढुंगाना ले आगामी नेतृत्व आउन मा उत्सुक पनि छ , निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति, कास्कीका अध्यक्ष श्री सुरेश कुमार श्रेष्ठको यो कार्यक्रम लाइ बधाई पनि छ , कर्मचारी हकहितको लागि नेपालि कांग्रेस प्रतिवद्द पनि छ। हाम्रो पार्टी लाइ सिध्याउन वा ढलाउन विभिन्न खाले सामाजिक संजाल लागि पनि परेको छ , तसर्थ यसलाई चिर्न कर्मचारी यक ढिक्का हुनु आजको आबश्यकता परेको बताउनु भएको थियो। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय
पोखरा का महानिर्देशक श्री डा. बाल कुमार श्रेष्ठ ले आँफु ११ औं तहमा पुग्न मा कर्मचारी युनियन को ठुलो पहल वा कदमिलाई विशेष धन्यवाद दिंदै आगामी दिनमा पनि नेपाल निजामती कर्मचारी युनियन,प्रति साथ र सहयोग को लागि हरदम तयार रहेको बताउनु भएको थियो। नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति, कास्की का सल्लाहाकार कृष्ण अर्याल ले हाम्रो सरकार को नेतृत्वमा कास्की युनियन पछाडी पार्नु खोज्नु राम्रो होइन ,समन्वयकारी भूमिका र पुलको भूमिका निर्वाह गर्नु पर्दछ भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो। नेपाल निजामती कर्मचारी युनियन, केन्द्रिय उपाध्यक्ष श्री यज्ञ बहादुर ओली ले हामीले गरेका कामलाई सहरानिया गरिनुपर्दछ। केन्द्रिय स्तरमा अहिले सम्म समिक्षा गोष्ठी गर्न सकेको छैन ,कास्की जिल्ला को नेपाल निजामती कर्मचारी युनियन ७७ वटै जिल्ला मध्य को एक बनेको छ। राज्य व्यबस्था का प्रतिनिधहरु हाम्रा काम मा सिरियस छैनन। pulling the period ले हामीलाई समस्या दिएको छैन ,तर हाम्रो केन्द्रिय नेतृत्व भने चुकेकै छौं , कर्मचारीहरु को भवना लाइ एकै ठाउँमा जोडिनु पर्द्छ भनि बताउनु भएको थियो। नेनिक यु निवर्तमान बरिस्ठ उपाध्यक्ष्य श्री सुरेन्द्र प्रसाद अधिकारी ले ट्रेड युनियन लाइ हलचल बनाउनु पर्दछ ,ट्रेड युनियन बेस्ट पार्टी हो , भन्दै कार्यक्रम लाइ शुभकामना व्यक्त गर्नु भएको थियो। बिशेष अतिथि /मुख्यान्यायधिबक्ता माननीय चिरन्जीवी शर्मा पौडेल ले संगठन बलियो बनाउन आश र त्राश दुवै हुनु पर्दछ , small thinking head to inside बाट हट्नु पर्द्छ। Democreat हरु कम नै विवादित भएको देखिन्छ ,हाम्रो पार्टी स्वाभाविक रुपमा कम्युनिस्ट भन्दा धेरै फरक रहेको बताउनु भएको थियो। वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री भेष बहादुर पौडेल ले योजना सहित को काम गर्न सक्यौं भने बढी प्रतिफल प्राप्त गर्छौं। गएको बर्षको समिक्षा गर्यौं भने आगामी दिनहरुमा गरि नसकेका र विग्रियाका कामहरुलाई सच्याउन मद्दत गर्ने छ। यो युनियन धेरै चलायामान भयको पायको छु। हरेक संगठनलाई चलायमान गराउन गोलो चक्का फिट गरेर लैजानु पर्दछ। अहिले चलेको ले कर्मचारीहरुलाई हिट गरिरहेको छ। कर्मचारीहरुमा धेरै राम्रो साथीहरु पनि हुनहुन्छ। नेताहरु पनि गलत छन् , व्यबसायीहरू पनि गलत छन् गलत चिजलाई कलेक्सन गरि लैजानु पर्दछ। हामि निजामति कर्मचारी मा लागेकै कारण हाम्रो पार्टी ले कसैलाई गलत गर्न दिदैन , तपाईंहरुले पार्टीका साथीहरुलाई खवरदारी पनि गर्नु पर्दछ, भन्दै कार्यक्रम लाइ शुभकामना व्यक्त गर्नु भएको थियो।

