पोखरा ,श्रावण ८ गते
लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित मानिस नियन्त्रणमा

मिति २०८२/०४/०७ गते, अ. २१:०० बजेको समयमा जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. ११ सतुङ्गल स्थित सडक खण्डमा संकास्पद रूपमा हिँडि रहेको महिला माथि संका लागि प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. २ घर भई हाल जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. ९ मच्छेगाँउ डेरा गरी बस्ने वर्ष ३९ की पार्वती मगरले साथमा बोकेको रातो रंग भएको जेब्रा झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ १२ थान तौल गर्दा ६ केजी बरामद गरी निजलाई नियन्त्रणमा लिई सम्मानित काठमाडौँ जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको ।
सूचना अधिकारी

प्र.उ. अपील राज बोहरा मो.नं. ९८५११२६९८३

जिल्ला प्रहरी परिसर, काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0