पोखरा ,श्रावण २१ गते
लागू औषध सहित ३ जना मानिस पक्राउ
मिति २०८२।०४।१९ गते अं.१९:४५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा स्थितमा लागू औषधको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जिल्ला स्या‌ङ्ग्जा स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ विरौटा घारीकुलो बने वर्ष ३२ की रिना थापा मगर, जिल्ला स्याङ्ग्जा फेदीखोला गा.पा. ४ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १७ बिरौटा बस्ने वर्ष ३४ को विश्वास गुरुङ र जिल्ला पर्वत स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १७ बिरौटा बस्ने वर्ष ३९ की मिना थापा मल्लको घरकोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको लागू औषध डाईजापाम – १६६ एम्पुल, फेनेरागन- १६९ एम्पुल, नुर्फिन- १६६ एम्पुल गरी जम्मा ५०१ एम्पुल लागू औषध र मोवाईल थान ३ समेत बरामद भएको हुँदा निजहरुलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा दिन १० (दश) म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
जिल्ला प्रहरी कार्यालय कास्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0