पोखरा ,श्रावण २८ गते

नेपाल परिवार नियोजन संघ (Nepal Family Planning Association – FPAN)
यो सन् १९५९ मा स्थापना भएको गैर-सरकारी संस्था (NGO) हो । यसले नेपालभर परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य, र लैङ्गिक समानतासम्बन्धी सेवा र सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसको केन्द्रीय कार्यालय भने पुल्चोक, ललितपुर मा रहेको छ। नेपाल परिवार नियोजन संघ कास्की शाखा को करिब ४ रोपनी जग्गा छ, वि.स. २०३४ सालमा नेपाल परिवार नियोजन संघ को स्थापना भै , वि.स. २०४६ सालमा कास्की शाखा को भवन बनेको थियो। नेपाल परिवार नियोजन संघ कास्की शाखा का वरिष्ट शाखा प्रबन्धक श्री नवराज तिवारीले अहिले देश भर २८ वटा शाखा रहेको र जस अन्तर्गत १८ वटा मा न्युनतम ४ जना का दर ले कर्मचारी रहेका छन् भने १० वटा शाखामा २-२ जना का दर ले कर्मचारी रहेको बताउनु भएको छ। गण्डकी प्रदेश भर बाग्लुङ्ग र कास्की मा २ वटा मात्र शाखा क्लिनिकहरू छन, उहाँले विगत १०/१२ बर्ष देखि शाखाहरुले पाउने अनुदान पछि -पछि कटौती हुँदै आएकाले अहिले अनुदान २५% मात्र पाएको गुनासो व्यक्त गर्नु भएको छ। कास्की शाखा मा पहिला २० जना कर्मचारी रहनुभएको थियो ,जसले गर्दा धेरै क्षेत्रफल वा धेरै समुदाय सम्म गइ परिवार नियोजन सेवा दिन सकिन्थ्यो अहिले सामुदायिक किल्निकहरु घटे ,सेवा ग्राहिहरुलाई उत्तिकै सेवा दिन कठिन भएको उहाँले बताउनु भएको छ। अहिले कास्की शाखा बाट ४ जना कर्मचारी ले मात्र परिवार नियोजन सेवा दिनुपरेको उहाँको भनाइ छ। परिवार नियोजन सेवा विशुद्द अनुदान बाट संचालित सेवा हो , तर अहिले अन्तर्राष्ट्रिय परिवार नियोजन संघ (IPPF) ले बर्षनि अनुदान रकम कटौती गर्दै जाँदा नेपाल परिवार नियोजन संघ कास्की शाखा ले विगत एक बर्ष देखि केहि सेवा मा रु २००/- बराबरी को रकम पनि लिनु परेको बताउनु भएको छ । विगत एक डेढ वर्ष देखि पालिकाहरु संग सहकार्य गर्दै काम गरिरहेको बताउनु भएको छ। साथै उहाँले प्रादेशिक जनस्वास्थ्य कार्यालय संग समन्वय गरेर काम गरिने पनि बताउनु भएको छ। वडा न ३ ,१२,१३ र मादी गाउँपालिका मा कास्की शाखा ले समन्वय गरेर काम गरिसकेको बताऊनु भएको छ। अहिले पनि केहि पालिकाहरु संग समन्वयका लागि प्रपोजल पठाइरहेको बताउंदै ,पालिकाहरु संग बाट आउने बजेट भने धेरै कठिन हुने पनि बताउनु भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0