
पोखरा ,भदौ ५ गते
मिति २०८२।०५।०३ गते अं.१९:२० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ सिर्जनाचोक स्थितमा लागू औषध कारोबार भई रहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १४ चाउथे स्थायी वतन भई ऐ. ८ सिर्जनाचोक फिर्के बस्ने वर्ष २६ को दिपेन्द्र पुनको घरकोठा खानतलासी गर्दा लागू औषध ब्राउनसुगर (खैरो हिरोईन) जस्तो देखिने पदार्थ १.५ ग्राम, ब्रुफिनुर्फिन ३ एम्पुल, डाईजापाम ३ एम्पुल, फेनेरागन ३ एम्पुल, मोबाईल १ थान र डिजिटल तराजु १ थान समेत बरामद भएको हुँदा निजलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतवाट लागू औषध सम्बन्धी कसुरमा दिन सात (७) म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
जिल्ला प्रहरी कार्यालय, कास्की

